• मंसिर २५, काठमाडौँ । नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैंया प्रदान गर्न माग गरेको छ । त्यस्तै रजत पदक जित्नेलाई जनही १५ लाख र कास्य पदक जित्नेलाई जनही १० लाख रुपैैंया पुरस्कार प्रदान गर्न माग गरेको छ ।


    नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ ।’

    त्यस्तै खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । दुवैलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारवाही गर्न तरुण दलले माग गरेको हो ।

    त्यस्तै, साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी बिना टेन्डर प्राप्त गरेको ई–सेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको प्रति पनि दलले खेद प्रकट गर्दै इसेवामाथि छानविनको प्रक्रिया सुरु गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…