• काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने बताएका छन्।

    मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपमामा ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलत्कार तथा हत्या न्युनिकरणका लागि कानूनमै कडा व्यवस्था गरिनुपर्ने बताएका हुन्।

    उनले नेपाली कांग्रेसको विधानमा यस्तो गतिविधिमा सहभागि हुनेहरुलाई सदस्यता समेत लिन नपाउने व्यवस्था गरिएको बताए। उनले महिला हिंसा कम गर्न सरकारले काम नगरेपनि नेपाली कांग्रेसले गर्नुपर्ने बताए।

    कार्यक्रममा कांग्रेस महासचिव शशांक कोइरालाले महिला हिंसाविरुद्धको विषयलाई विद्यालयस्तरको पाठ्यक्रममै राखेर अगाडी बढ्नुपर्ने बताए।

    त्यस्तै कांग्रेस नेतृ आरजु देउवाले महिलामुखि एजेण्डाहरु नेपाली कांग्रेसले स्थापनाकालदेखि उठाउँदै आएको बताइन्। नेपाली कांग्रेसले समाजमा परिवर्तन ल्याउने गरी महिलाका लागि गर्नुपर्ने कामहरुको बारेमा प्रतिष्ठान अगाडी बढ्नुपर्ने समेत उनले बताइन्।

    नेत्री उमा रेग्मीले नेपाली समाजमा महिलालाई बस्तुजस्तो प्रयोग गर्ने र फाल्ने रुपमा हेरिएको बताउँदै सरकार यसप्रति गम्भिर नभएको आरोप लगाइन्। उनले लोकतन्त्रको नाउँमा झन बढी महिला हिंसा बढेको बताइन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…