• उर्लाबारी, निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन उर्लाबारीले अन्तर विद्यालय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    बुधबार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी प्याब्सन उर्लाबारीले खेल तालिका सार्वजनिक गरेको छ । उर्लाबारी ३ सालबारीस्थित प्रस्तावित रंगशालामा यहि मंसिर २६ देखि २८ गतेसम्म खेल संचालन हुने बताइएको छ ।

    भलिवल प्रतियोगितामा छात्र र छात्राको छुट्टाछुट्टै स्पर्धा गराइने प्याब्सन उर्लाबारी नगर समितिका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषतर्फ १३ र महिलातर्फ ८ वटा विद्यालयको समुह खेलमा सहभागी हुनेछन् । उर्लाबारी प्याब्सनमा आवद्ध २५ निजी विद्यालयमध्ये सप्तकोशी, हिमचुली, विद्याज्योति, भृकुटी, सिसुशिक्षा, लालिगुँरास, हिमालय बालसंसार, पार्लेन्स, सनसाइन, पशुपति, न्यू भिजन, झारसाँदी, सुनगाभा र प्रतिभा बोर्डिङ छात्रतर्फको खेलमा सहभागी हुनेछन् ।

    यस्तै, सप्तकोशी, लालिगँुरास, सिसुशिक्षा, प्रतिभा, सनसाइन, झारसाँदी, भृकुटी र सुनगाभालाई छात्रातर्फको खेलमा छनौट गरिएको प्याब्सन नगर सचिव दिनेश पोख्रेलले बताउनुभयो । प्रतियोगितामा पहिलो हुने समुहलाई नगद ६ हजार, मेडल, टफी र प्रमाणपत्र, दोस्रो र तेस्रो हुने समुहलाई क्रमशः ५ हजार र ४ हजारसहित मेडल, टफि र प्रमाणपत्र प्रदान गरिनेपनि पोख्रेलले जानकारी दिनुभयो ।

    विद्यार्थीलाई पढाईमा मात्र सिमित नगराई अतिरिक्त क्रियाकलापमा पनि उतिकै क्रियाशिल गराउने हेतुले खेल आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाई छ । आगामी दिनमा खेलकुदका अलावा अन्य विविध प्रतियोगिता आयोजनामा प्याब्सन नगर समिति लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

    https://www.youtube.com/watch?v=OQ8R8U87ADM

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…