• काठमाडौ । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ ।

    प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने कार्यक्रममा जानकारी दिए ।

    त्यसो त रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने घोषणा गरिएको हो ।

    तेह्रौं सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गर्नु भएको हो ।

    ‘५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनु भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सानो उपलब्धि होइन । अव हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरु हासिल गर्दै जानु पर्नेछ ।

    ’ उहाँले चौधौं सागमा अहिलेका सबै जितको रेकर्ड तोड्नेगरी अघि बढ्न पनि खेलाडीहरुलाई आह्वान गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले भूकम्पका कारण खेलकूदका पूर्वाधार सबै भत्केको अवस्थामा सफलतापूर्वक साग आयोजना हुनुलाई पनि उपलब्धिका रुपमा लिनु पर्ने उहाँको भनाई थियो ।

    ‘भूकम्पले हाम्रा सबै पूर्वाधारहरु भत्केका थिए, हामीलाई ती संरचनाहरु बनाएर खेल आयोजना गर्नु कठीन काम थियो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नभत्केको, बनाउनु नपर्ने कहीँ थिएन, सबै कुरा बनाउनु पर्ने थियो ।

    यस्तो अवस्थामा काठमाडौं, पोखरा र जनकपुरमा समेत सागका प्रतियोगिताहरु आयोजना गरेर हामीले गर्न सक्छौं भन्ने सन्देश दिएका छौं ।’ खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अव थप गतिका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…