काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहले पनि १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ल्याएको नेपालले नतिजाप्रति खुसी प्रकट गरेका छन् । उनले सम्पन्न सागमा सहभागि सार्क राष्ट्रका प्रतिनिधि खेलाडी एवम् विभिन्न स्पर्धामा प्रथम, द्धितिय र तृतीय भई स्वर्ण, रजत र कास्य पदक विजेताहरुलाई बधाई तथा शुभकामना समेत प्रकट गरेका छन् ।
नेपालले १३ औं एशियाली खेलकुद (साग) मा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २०६ पदक ल्याउन सफल भएको छ । जुन नेपालका लागि सागको ३५ बर्षे इतिहासमा एउटै संसकरणमा यति धेरै पदक जितेको पहिलो घटना हुन मात्र पुगेन, ऐतिहासिक सफलता सावित भयो