• काठमाडौं । राजधानी काठमाडौंमा एकाएक चिसो बढेको छ ।

    आजदेखि बर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    बुधबार रातिदेखि तीन दिनसम्म मुलुकका अधिकांश ठाउँमा मौसम बदली, केही भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने जनाएको छ ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गरी बुधबार साँझ पश्चिमी भूभागबाट नेपालमा न्यून चापीय प्रणाली प्रवेश भएको र पूर्व सर्ने क्रममा रहेको उल्लेख गर्दै मुलुकका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

    न्यून चापीय प्रणाली बिहीबार अझै सशक्त भई मुलुकका मध्य र पूर्वी भूभागमा समेत हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण देशैभर बदली भई मुलुकभर चिसो बढ्नेछ भने पश्चिमी भूभागका धेरै, मध्य तथा पूर्वी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

    बुधबार रातिबाट सुरु भई यो मौसमी प्रणाली शनिबारसम्म हुने महाशाखाले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…