• काठमाडौँ । कास्की स्थायी घर बताउने ३० वर्षीय सुरज ९हजारे० दाहाल नागरिकताविहीन हुनुहुन्छ तर उहाँकी आमाको भने वंशजकै नागरिकता छ । उहाँले लेख्ने नामको थरमा दाहाल नेपाली आमाको र हजारे भारतीय बाबुको हो ।
    नेपालमै नेपाली आमाबाट जन्मिए पनि बाबु भारतीय नागरिक भएका कारण दाहालले अहिलेसम्म नागरिकता प्राप्त गर्न सक्नु भएको छैन । संंविधानमा भएको व्यवस्थाअनुसार दाहालले जन्मस्थानका आधारमा र आमाको नामबाट नागरिकता पाउने व्यवस्था छ तर संविधानमा भएको यो व्यवस्था दाहाल जस्ताले व्यवहारमा भोग्न पाउनुभएको छैन ।
    नागरिकताका लागि आमा र आमाको नागरिकतासहित धेरै ठाउँमा धेरै जनालाई गुर्हान पुग्नुभो उहाँ र अहिले पनि नागरिकताकै लडाइँमा हुनुहुन्छ । उहाँ त एउटा प्रतिनिधि पात्र मात्रै हो तर उहाँजस्तै धेरै नागरिक जसले अहिले नागरिकताकै लागि लडाई लड्नु परेको छ । कति आमाले आफ्नो सन्तानलाई नागरिकता दिन नसकेर उनीहरू शिक्षा, जागिरलगायतका राज्यबाट पाउने आधारभूत अधिकारबाट समेत बञ्चित भएको अवस्था छ ।
    संघीय संसद एवम्् राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य डा। विन्दा पाण्डेले संविधानको नागरिकतासम्बन्धी धारा ११–५ मा गरिएको प्रतिवन्धात्मक व्यवस्थाले गर्दा जो नेपालमै र नेपाली आमाबाट जन्मिएका दाहाल जस्ता धेरै व्यक्ति अहिले नागरिकता विहीन भएको बताउनुभयो ।
    उहाँले नेपाली आमाले नेपालमा नै जन्मिएका सन्तानको सहज रूपमा बाबुको पहिचान प्रस्तुत गर्न नसक्दा आमाले समाज र राज्यबाट अपमानपूर्ण व्यवहार खेप्न र सन्तान राज्यविहीन अवस्थामा रहेकाको समस्याको समाधान गर्न नागरिकता ऐन सशोेधनको विधयेक राज्य व्यवस्था समितिमै रहेको जानकारी दिनुभयो ।
    डा। पाण्डेले भन्नुभयो ‘यसलाई संशोधन गर्न बनेको विधयेकमा विदेशी बुहारी र ज्वाईलाई नागरिकता दिने प्रावधान एकै खालको राखौ भनेर प्रस्ताव गरिएको थियौँ, त्यसमा विवाद हुँदा त्यो विधयेक अगाडि बढ्न सकेको छैन । ’
    संघीय संसद कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता दिनका लागि कानूनमा भन्दा पनि नागरिकता दिने व्यक्तिको नियत सफा नहुँदा समस्या भएको बताउनुभयो ।
    उहाँले नागरिकतासम्बन्धी संशोधनका मस्यौदामा अगाडि नबढनुको कारण सुनाउँदै भन्नुभयो, ‘‘विदेशी ज्वाई र बुहारीलाई नागरिकता दिने मापदण्ड एउटै बनाउँभन्दा विवाद भएर रोकिएको छ, संविधानमा विदेभ गर्न पाइदैन भन्ने अनि नागरिकता दिर्दा विभेद गर्ने पनि हुन्छ र । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…