•  

    धरान । पत्रकार सन्तोष काफ्लेमाथि धरानमा बिहीबार आ,क्र,म,ण भएको छ । सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको संर्घष समितिको सचिवसहित केही व्यक्तिले आ,क्र,म,ण गरेका हुन् ।

    आक्रमणबाट उनको आँखामा गहिरो चो,ट लागेको छ भने नाकमा सामान्य चो,ट लागेको छ । पीडित संर्घष समितिका सचिव नरेश साही ठकुरी, दीपक राई र एक महिलाले हातपात गरेको पीडित पत्रकार काफ्लेले जानकारी दिए । ११ बजे निर्धारित गरिएको कार्यक्रममा ढिलो आएको भन्दै काफ्लेमाथि हातपात गरेको कार्यक्रमको भिडियो फुटेज खिचिरहेको अर्का पत्रकार रुद्र घिमिरेले जानकारी दिए । समितिले बिहीबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम राखेकाे थियाे । तर, पत्रकार काफ्ले ढिला गरी उपस्थित भएकाे भन्दै विवाद झिकेका थिए ।

     

    उनले भने, ‘किन ढिलो आएको भन्दै विवाद गरेर एक्कासी आ,क्र,म,ण ग¥यो ।’ पत्रकार काफ्ले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष हुन् भने न्यूज २४ टेलिभिजनका पूर्वाञ्चल प्रमुख हुन् । आक्रमणमा संल,ग्नसहित इलाका प्रहरी कार्यालय धरानले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको छ । ‘आक्रमणमा संलग्नसहित सबैलाई प,क्रा,उ गरिएको छ’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने, ‘सोधपुछ गरेर आक्रमणकारीलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा मु,द्दा चलाउँछौं ।’ पत्रकार काफ्लेकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमरजेन्सीमा उ,पचार भइरहेकाे छ ।

    नेपाल पत्रकार महासंघ सुनसरीले घटनाकाे घाेर भ,र्त्सना गर्दै दाेषीमाथि कडा भन्दा क,डा का,र,बाहीकाे माग गर्दै विज्ञप्ति जारी गरेकाे छ । पीडित सङ्र्घष समितिले सल्लेरीका विरुद्ध पटक–पटक आन्दोलन गर्दै आएका थिए । सल्लेरीका अध्यक्ष कृष्ण विकले शिखर सगरमाथा सुनचाँदी पसल सञ्चालन गरेर सल्लेरीको खातामा रकम जम्मा गरेका थिए । सल्लेरीले करिब ८ करोडभन्दा माथि ठगी गरेको पीडितले बताउँदै आइरहेका छन् । अध्यक्ष विकलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । अहिले यो मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा पीडितहरूले बारम्बार आन्दोलन गर्दै आइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…