• बिर्तामोड, मङ्सिर २७ । झापाको विर्तामोडस्थित साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

    मतगणनाको अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङले आफना प्रतिद्धन्दी संयुक्त प्रगतिशील प्यानलतर्फबाट अध्यक्षका उम्मेदवार ज्ञानुराम प्रसाईलाई ८५० मतको फराकिलो मतान्तरले विजयी भएका हुन् ।

    दोश्रो कार्यकालका लागि निर्वाचित भएका गुरुङ्गले १ हजार ७ सय ४ मत प्राप्त गरि विजयी भएका थिए भने प्रसाईले ९ सय २० मत प्राप्त गरेका थिए ।

    यस्तै,उपाध्यक्षमा लोकतान्त्रिक समूहकै पर्शुराम सिटौला विजयी वने । उनले १ हजार ६ सय ३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बुद्धि प्रसाद घिमिरेले ९ सय १८ मत प्राप्त गरेका छन् ।

    यसैगरि सचिवमा लोकतान्त्रिक समूहका मेघराज बास्तोला सबैभन्दा धेरै मत ल्याउँदै विजयी भएका छन् । उनले १ हजार ७ सय ३८ मत ल्याएर विजयी भए भने उनका प्रतिष्पर्धी प्रगतिशिलका जनबहादुर जवेगुले ८ सय ३८ मत प्राप्त गरेका छन् ।

    कोषाध्यक्षतर्फ लोकतान्त्रिक समूहका सारदा रिजालले १ हजार ५ सय १० मत प्राप्त गरि विजयी भए भने संयुक्त प्रगतिशिलका कमलप्रसाद पौडेलले १ हजार ४७ मत प्राप्त गरेका थिए ।

    खुल्ला सदस्यतर्फ लोकतान्त्रिक समूहका देवेन्द्र सिटौलाले १ हजार ६ सय ६७ र पारसमणी मैनालीले १ हजार ५ सय ९४ मत प्राप्त गर्दै विजयी भए भने संयुक्त प्रगतिशील प्यानलका शंकरराज ढुङ्गेलले ८ सय ९० र श्रीप्रसाद सिटौलाले ८ सय ९३ मत प्राप्त गरेका थिए ।

    त्यस्तै महिला सदस्यतर्फ लोकतान्त्रिक समूहतर्फबाट माया प्रधान खड्गीले १ हजार ६ सय २०, सितादवी काफ्लेले १ हजार ५ सय ७९ र बालादेबी खरेलले १ हजार ५ सय ८७ मत ल्याउँदै विजयी भईन् भने संयुक्त प्रगतीशिल तर्फका सिता सापकोटा पौडेलले ९ सय ५०, बिनिता कुमारी राजवंशीले ९ सय २२ र हिमादेबी प्रसाईले ९ सय ५२ मत प्राप्त गरेकी थिईन् । कुल मत २ हजार ८ सय १ गणना हुँदा १२८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…