• उर्लाबारी । मोरङको उर्लाबारी ९ आम्बारीमा चासोक तङ्नामको अवसर पारेर बुधबारबाट ३ दिवसिय भेट्रान फुटवल प्रतियोगिता सुरु भएको छ । सहिद प्रेम बहादुर पोमो तथा स्वर्गीय भागीरथा पोमो स्मृति फाउण्डेसनद्धारा उहाँहरुकै स्मृति फुटवल प्रतियोगिता सुरु भएको हो । खेलको उद्घाटन प्रदेश सभा सदस्य साँसद कुलबहादुर साम्बाले गर्नुभयो ।

    https://www.youtube.com/watch?v=mlBILBhs7MI&t=39s

    प्रतियोगितामा आयोजक राजघाट भेट्रान बिजयी भएको छ । राजघाट भेट्रानका दीलीप लिम्बूले गरेको १ गोल नै खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच बिर्तामोड भेट्रानका रमेश गुरुङ घोषित हुनुभयो । म्यान अफ द म्याचको अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले गर्नुभएको थियो ।


    पोमु परिवारको तर्फबाट बोल्दै बिनोद पोमु र टिकेन्द्र पोमुले खेलको औचित्य र सहिद प्रेम बहादुर पोमोको विगत र ईतिहासको चर्चाको गर्नुभयो ।
    आजको खेल दमक भेट्रान र धरमपुर भेट्रान बिच हुनेछ ।
    फाईनल खेल २८ गते हुनेछ । खेलको बिजेताले नगद प्रमाणपत्र प्राप्त गर्ने संस्थाका संयोजक विश्वास पोमोले जानकारी दिनुभयो । खेल सन्चालन गर्नका लागि मानबहादुर थापाको अध्यक्षमा खेलकुद समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा आईतहाङ तुम्बाहाम्फे,सचिवमा दीपक पोमु र कोषाध्यक्षमा कैलाश थापा मगर रहनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…