• धरान: राजनैतिक विश्लेषक डा. सुरेन्द्र केसीले धरानका नवनिर्वाचित मेयर तिलक राईलाई भेटेर शुभकामना दिएका छन् ।

    धरान ८ का मतदाताहरुसँग भेटघाट तथा आभार प्रकट गर्ने घरदैलो कार्यक्रममा ब्यस्त रहेका मेयर राईलाई भेटेर डा.केसीले राजनैतिक आग्रह तथा पुर्वाग्रह नराखी जनअपेक्षा अनुसार काम गर्न पनि आग्रह गरे । मेयर राईलाई भेट्न डा. केसी उनको घरदैलो कार्यक्रमस्थलमा नै पुगेका थिए । कम्युनिष्टको गढमा पहिलो पटक कांग्रेस उम्मेदवारले मेयरमा जितेपछि डा.केसी बधाई तथा शुभकामना दिन शनिवार काठमाडौंबाट धरान आएका थिए ।

     

    डाक्टर केसीले देशभर मेयर राईको चर्चा सुनेपछि उनी कस्ता व्यक्ति रहेछन् भनेर कौतुहलता जागेकोले प्रत्यक्षरुपमा भेट गर्न धरान आएको बताए । डा.केसीले मेयर पद साझा भएकोले राजनैतिक दलको आधारमा पक्षपात नगरी नगरबासीको हितमा कार्य गर्न सुझाव दिए ।

    डा.केसीलाई धन्यवाद दिदै मेयर राईले जनता माझ सेवककोरुपमा रहेर काम गर्ने बताए । उनले धरानको विकासमा राजनीति नगर्ने र अन्यलाई पनि गर्न नदिने धारणा राखे । विकास निर्माणको काम जनतासँग मिलिजुली गर्ने मेयर राईले बताए । मंसिर १४ गतेको उपनिर्वाचनमा मेयर विजयी भएका राईले मंसिर ३० गतेसम्म मतादाताहरुलाई घरदैलो मार्फत धन्यवाद दिने कार्यक्रम राखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…