काठमाडौँ — कलाकार दीपक क्षेत्रीको डिल्लीबजारस्थित आफ्नै निवासमा नि धन भएको छ । शुक्रबार राति फिल्मको काम सकेर घर पुगेका क्षेत्री आइतबार बिहान मृ त अवस्थामा फेला परेका थिए ।
मृतक क्षेत्रीको श व लाई पो ष्ट मा र्ट मका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ । क्षेत्रीकी पत्नि विपना बस्नेत मलेसियामा भएको कारण उनको अ न्ते ष्टी आइतबार मात्रै हुने परिवारिक स्रो तले जनाएको छ ।
फिल्म ‘विश्वास’ मार्फत् २०४३ सालदेखि अभिनय यात्रामा होमिएका कलाकार क्षेत्रीले त्यसपछि ‘दिदी’, ‘पृथ्वी’, ‘सिमाना’, ‘शंकर’, ‘अंशबन्डा’, ‘झोला’, ‘बुलबुल’ देखि पछिल्लो पटक ‘बादशाह जुट’ मा कलाकारका रुपमा देखिएका थिए ।
घाँटीमा मासु पलाउने समस्याका कारण लामो समय थलिएका ५८ वर्षीय क्षेत्री भारतको दार्जिलिङमा जन्मेका हुन् ।