• काठमाडौ । अटोमोबाइल्स एशोसिएशन नेपाल(नाडा) को अध्यक्षमा कृष्णप्रसाद दुलाल निर्विरोध चयन हुनु भएको छ । दुई बर्षे कार्यकालको लागि आजबाट दुलाल सर्बसम्मतरुपमा अध्यक्ष निर्बाचित भएपछि नाडामा उत्साह पनि छाएको छ ।

    सवारी साधनहरूका आधिकारिक बिक्रेताहरूको छाता संगठन नाडाका अधिकाँश सदस्यहरु नेत्तृत्व चयनले संस्थामा बिभाजन नआयोस भन्ने चाहन्थे । सबै सदस्यहरुको भाबनाको कदर गर्दै अध्यक्ष पदका अर्का आकांक्षी प्रकाश कपुरीले मनोनयन दर्ता गरेनन् । यो परिस्थितिले अध्यक्षमा दुलालसँगै १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित हुने अबसर पायो । संस्थाको आज मनोनयन दर्ताको मिति तोकिएको थियो ।


    नाडाको आगामी पुस ४ गते वार्षिक साधारण सभाको मिति तय गरिएको छ । उक्त साधारणसभाले आजको परिणाम र जिम्मेवारीको औपचारिक घोषणा गर्ने छ । अध्यक्ष दुलालले सोही साधारण सभामा औपचारिकरूपमा अध्यक्ष पद ग्रहण गर्नेछन् नाडाले जानकारी दिएको छ । दुलाल यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए । उनले सदस्य र कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । नाडाको विधानले १९ जनाको कार्यसमितिको ब्यबस्था गरेको छ । यसमा अध्यक्षबाहेक १४ जना साधारण सदस्यबाट र चारजनाले संस्थागत तर्फबाट प्रतिनिधित्व गर्नेछन् । सर्बसम्मत अध्यक्ष भएपछि दुलालले सवारीसाधन खरिद बिक्री व्यवसायलाई ब्यबबस्थित र अझ सुदृढ गर्ने बताए ।

    अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै नबनिर्बाचित अध्यक्ष दुलालले राज्यलाई यसको महसुस गराउनु आफ्नो भुमिका हुने बताए । अटोमोबाइल व्यवसायमा करको दरले निकै मर्माहत गरेको बताउँदै दुलालले यसको न्युनीकरण नाडाको तत्कालको मुद्धा रहेको बताए । करकै कारण ब्यापारमा सुस्तता आउँदा देशको राजश्व लक्ष्यमा पनि तलमाथि परिरहेकाले यसलाई राज्यले गम्भीर लिने उनको बिश्वास छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…