• काठमाडौं । नेपाल महिला संघ कानेपोखरीले पछिल्लो समय समाज सेवामा उल्लेखनिय काम गर्दै आएका छन् । जसले गर्दा मोरङमा महिला संघको हाई हाई र चर्चा प्रशंषा भएको छ ।
    कानेपोखरीका महिलाहरुको मोरङ्ग कांग्रेसमा धन्यवादको ओइरोलागेको बताईन्छ । संगठन नि धेरैनै चलायमान देखिएको स्थानीय कांग्रेसी नेताहरुको बुझाई छ । नेपाल महिलासंघ कानेपोखरी ले आयोजना गरेको देउसीभैलो कार्यक्रम २०७६ बाट संकलीत रकम मध्यबाट कानेपोखरी का असक्त तथा असहायलाई सहयोग दिने कार्यक्रम अन्तर्गत दोस्रो चरणको सहयोग हस्तान्तरण भएको छ ।


    २०७६ साल मंशिर २५ गते कानेपोखरी गा.पा. वडा नं २, दलेली वजारका बिमला दर्जि र सोहि वडाका दोमुखा चोकका जन सोभा राईलाई सहयोग गरिएको हो । दुबै परिवारलाई चामल १ बोरा, दाल २ केजी, नुन २ केजी, तेल २ पोका सहयोग गरिएको देउसी भैलोकी संयोजक कमला योन्जनले जानकारी गराउनुभयो । सो कार्यक्रमकी सचिव कोपीला कार्की ले आगामि महिनामा सहयोग गर्नुपर्ने परिवारको लागत संकलन गर्ने र सहयोग गर्ने बताउनुभयो ।



    समितीमा कमला योन्जन अध्यक्ष, कृष्णमाया बिष्ट ‘कोपीला’ सचिव, डिल्लीमाया बस्नेत कोषाध्यक्ष, सदस्यमा टंकेश्वरी याख्खा, राधा पाठक, शोभा रिजाल, पम्फा धिमाल, चन्दीदेवी धिमाल, रुपा भट्टराई, जानुका खरेल रहनुभएको छ ।
    समाजसेवी देबेन्द्र लुईटेलले महिला संघको कार्यक्रमको प्रशंषा गर्दै आफुले पनि सक्दो बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…