काठमाडौं । मंसिर २९ गते, गाउँमा रंगमञ्च गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले आज ७ औं बार्षिकउत्सव सम्पन्न गरेको छ ।
चुलाचुली रंगमञ्चको प्रेक्षालयमा आयोजना गरिएको कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले केक काटेर कार्यक्रम उदघाटन गरेको हो ।रंगमञ्चले बार्षिकउत्सवको अवसरमा पहिलो रंगमञ्च र पत्रकारिता २०७६ पुरस्कार साहित्यकार, रंगकर्मी तथा पत्रकार भुपेन्द्र तिम्सिनालाई प्रदान गरिएको थियो ।
ब्लाष्ट दैनिकमा कार्यरत सम्मानित तिम्सिनालाई प्रमुख अतिथि निर्मला दाहाल, वडा नं ४ का वडा अध्यक्ष कालिदास भट्टराईद्वारा दोसला ओडाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
२०५३ सालदेखि निरन्तर पत्रकारिता र साहित्य साथै रंगमञ्च गर्दै आएका भुपेन्द्रराज तिमिल्सिनाले चुलाचुलीको भूगोल र त्यहाँ भएको उर्वर कला, रंगमञ्चलाई एक दशक अघि देखि पत्रकारिताको माध्यमबाट सहयोग गर्दै आएको हुनाले तिम्सिनाको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरेको संस्थापक अध्यक्ष चेतन आङथुपोले वताएका छन् ।
कार्यक्रममा समाजसेवी राजेन्द्र केरूङ, शिक्षाप्रेमी पदमकेशर लिम्बू , शिक्षासेवी तथा समाजसेवी सेतुप्रकाश राई, प्रवासी सेवा समाजका सल्लाहकार जनक महरा, चुलाचुली गाउँपालिका सोकिय सचिव संजय राई ल गायतले शुभकामना मन्त्वय व्यक्त गरे ।
रंगमञ्चको पुर्व अध्यक्ष केशर बहादुर भुजेलले स्वागत मनतव्य राखेको उक्त कार्यक्रम हेमकुमार लिम्बूको अध्यक्षत्वमा सम्पन भएको थियो भने , उक्त कार्यक्रम संस्थाको सचिव सन्तोस गिरीले संचालन गरेका छन् ।