इलाम । चुुलाचुली गाउँपालिका वडा नं ३ अवस्थित रहेको नरेन्द्र गिरि समाज प्रतिस्ठान सस्थाले आज ५० औं स्वर्णजयन्ती मनाउन तयारी गरिरहेका श्री जनता माविको पुस्तकालय व्यवस्थापनको लागि ६६ हजार ६ सय रूपैयाँ सहयोग गरेको छ ।
संस्थाको अध्यक्ष राजेन्द्र केरूङ, स्वर्गीय नरेन्द्र गिरिको श्रीमती नर माया गिरि , बुहारी गिता गिरिको संयुक्त उपस्थितिमा आज विधालयका प्रअ लक्ष्मीश्वर वनवरिया , शिक्षक धर्म ढुंगाना , अभि खनाल लाई हस्तान्तरण गरेको हो ।
उक्त रकम सस्थाको सस्थापक अध्यक्ष पुर्ब विद्यार्थी रामचन्द्र गिरि अस्टे्रलिया ले सहयोग गरेको थियो।
त्यस्तैगरि विधालयको भुपु विद्यार्थी नेपाल तरुण दल क्षेत्रीय सभापति राजेन्द्र केरुङ गरे सहयोग व्यकिगत रुपमा ५० औं स्वर्णजयन्ती तथा बार्षिकउत्सव मनाउन तयारी गरिरहेको जनता माविला पन्ध्र हजार, छ सय, पचहत्तर रूपैयाँ सहयोग गरेका छन् ।