काठमाडौं । मोरङ्ग कानेपोखरीबासी देवेन्द्र लुईटलको समाज सेवाको भावना बढ्दो छ । पछिल्लो समय अपाङ्गग दिवसको अवसर पारेर कानेपोखरी वडा नं। ३ का विभिन्न रुपमा शारिरीक रुपमा अपाङ्ग भएकाहरुलाई ह्वील चियर बैसाकी बितरण गर्नु भएको छ । हुयल चियर पाउनेमा कानेपोखरी ३, माधेन चोककी ६२ बर्षिया सन्चमाया लावती, जोडि बैसाकी पाउनेमा सोही वडाका तल्लो हरकपुर निवासी बर्ष ५६ कि सोना टुडु, सिङ्गल बैसाकी पाउनेमा सोहि वडा कि झोडा निवासी बर्ष ६२ कि लिलामाया लोकान्द्री लगायत अन्यलाई पनि बिभिन्न खाले सहयोग गर्नु भएको छ ।
समाजमा पुरुष भन्दा पनि बढि महिला अपाङ्गता बढि भएको समाज सेवी देवेन्द्र लुईटेल बताउनुहुन्छ । कानेपोखरीमा वहाको सकृयता वढेको र जनताले पनि उहा संग धेरै आसा गरेकाछन । ३ वडा अध्यक्ष कृतिमान मादेन बताउनु हुन्छ । आगामी कार्यक्रमको बिषयमा सोधपुछ गर्दा यो चिसोको मैसम गरिव दुखीको जिवन कस्टकर भएको र यिनिहरुलाई सहयोग हुनेखाले सहयोग सामाग्र उपलब्ध गराउने समाज सेवी लुईटल बताउनु हुन्छ ।