काठमाडौं । दि भ्वाइसको दोस्रो टाइटल जितेसँगै राम लिम्बु अहिले चर्चाको शिखरमा छन् । पछिल्लो समयमा दर्शकले सर्वाधिक रुचाएको रियालिटी शो दि भ्वाइसले केही दिनअघि मात्र राम लिम्बुलाई दर्शकको भोटको आधारमा विजेताको रूपमा घोषणा गरेको हो। सर्वाधिक लोकप्रिय कार्यक्रम दि भ्वाइस को विजेता बनेपछि रामको व्यस्तता निकै बढेको छ ।
उनलाई बधाईको ओइरो आइरहेको छ । यस्तै राजधानीमा दि भ्वाइस का टप ४ फाइनलिस्टसहित प्रेस मिट भएको थियो । जहाँ दि भ्वाइस का कोचहरु पनि उपस्थित भएका थिए । साथै दि भ्वाइसबाट सर्वाधिक चर्चा कमाएकी झुप्री भण्डारी पनि उपस्थित भएकी थिइन् ।
रामले दि भ्वाइसको विजेता बनेर एउटा कार, ट्रफी र १२ लाख रुपैयाँ पाएका थिए । उनले त्यो प्रेस मिटमा झुप्रीलाई पचास हजार रूपैयाँ प्रदान गरी सहयोग गरेका छन् । यस्तै दि भ्वाइसका लोकप्रिय कोच राजुले पनि झुप्रीलाई केही आर्थिक सहयोग गरेका छन् । यसबाट रामको अर्को पाटो खुलेको छ । रामको यस्तो राम्रो काम देखेर उनको फ्यान फलोइङ अझै बढेको छ ।
https://www.youtube.com/watch?v=bdnfYQ3U9rk&t=74s