•  

    विराटनगर  । राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङको अध्यक्षमा पत्रकार किशोर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

    मोरङमा क्रियाशिल दलित समुदायका पत्रकारहरुको विराटनगरमा आज सम्पन्न प्रथम जिल्ला भेलाले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल कार्य समिति सदस्य, टेलिभिजन, रेडीयो, छापा तथा अनलाईन सवै माध्यममा पत्रकारिताको अनुभव बटुलेका विश्वकर्मा झण्डै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल छन् ।

    राष्ट्रिय दलित पत्रकार सघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराईलीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा खड्ग बेदना , सचिवमा तिलक नेपाली, सह–सचिवमा सुष्मा नेपाली र कोषाध्यक्षमा अनु बराईली चयन भएका छन् ।

    त्यसैगरी समितिको सदस्यहरुमा मिलन गहतराज, डिल्लीराम पौडेली, काजीमान लाम्गादे, जिना पौडेली र एलिना दियाली चयन भएका छन् । भेलाले पत्रकार पदमकुमार सरदारलाई आगामी पुष ४ र ५ गते धनकुटामा हुने प्रदेश भेला तथा प्रदेश समिति चयनमा मोरङको प्रतिनिधित्व गर्दै सहभागिताका लागि पठाउने निर्णय समेत गरेको छ ।

    नव गठित समितिलाई राष्ट्रिय दलित पत्रकार सघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराईलीले बधाई तथा शुभकामना दिँदै दलित समुदायका सवालहरुलाई आफु कार्यरत सञ्चार माध्यममा सशक्त रुपले उठाउन आग्रह गरे । उनले दलित समुदायको सशक्तिकरणमा पत्रकारीता क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताउँदै समुदायको चौतर्फी विकासमा लागि पर्न जोड दिए ।

    नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले दलित समुदायको मुल प्रवाहीकरणमा पत्रकारिता क्षेत्रमा पनि दलित समुदायको उपस्थिती राम्रो बन्दै गएको बताए । उनले राष्ट्रिय दलित पत्रकार सघ नेपाल मोरङलाई बधाई तथा शुभकामना दिँदै जिल्लामा कृयाशिल दलित पत्रकारको खोजि गरि सवैलाई समेटदै लैजान सुझाब दिए । अध्यक्ष पोखरेलले जिल्लाका सवै खाले सञ्चार माध्यामहरुमा पनि दलित समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…