• विवेक न्यौपाने

    काठमाडौं । नेपाल जेसिजको चुनावी अधिवेशन नजिकिदै गर्दा राष्ट्रिय अध्यक्षका उमेदवार अशोक शंकरले चुनावी प्रचारलाई तिब्र बनाएका छन।

    सामाजिक काममा पनि क्रियाशिल अशोक लोकप्रिय छन् । जेसिसमा पनि राम्रो छाप छोडेका कारण उनी मतदाताको मनमनमा बस्न सफल भएको जानकारहरु बताउछन् ।

    पछिल्लो महिना देखि देश दौडाहामा लागेका शंकरले गृह नगरमा समेत राष्ट्रिय अध्यक्षमा दिएको उम्मेद्बारीलाई सार्थक वनाउन सहयोग गर्न सम्पुर्णमा अपिल गरेका छन।

    पथरी शनिश्चरेका शंकरको अपिल सँगै नेपाल जेसिज बर्ष २०२०का राष्ट्रिय अध्यक्षका उम्मेरदवार अशोेक शंकरलाई जिताउने अभियानमा नगर प्रमुख सहित नगरवासी एकजुट हुने भएका छन् ।

    प्रदेश १ का सफल व्यवसायी शंकर पथरी जेसिजका संस्थापक अध्यक्ष हुन।
    अशोक शंकरलाई जिताउन पथरी शनिश्चरेका व्यपारी , शिक्षक, संघसस्थाका प्रतिनिधी, जन प्रतिनिधि, राजनैतिक व्यक्तित्व लगायतका सम्पुर्ण नगरवासीले साथ दिने प्रतिबद्धता जाहेर गरेका छन।

    अशोक शंकरलाई विजयी बनाउन नगरमा अशोक शंकर जिताउ अभियान समिती समेत गठन गरिएको छ। अशोक शंकर जिताउ समितीको संयोजकको जिम्मेवारी शिक्षक अर्जुन कुमार बुढाथोकीलाई दिइएको छ भने आर्थिक समितीको जिम्मेवारी व्यवसायी नरेस घतानीलाई दिइएको छ। दुवै समितीमा पथरी उद्योग वाणिज्य संघ, नगरका लब्धप्रतिष्ठित व्यक्तित्व, जन प्रतिनिधी, व्यपारी लगायत समेटिएका छन।

    राष्ट्रिय अध्यक्ष शंकरले सन २०१४ राष्ट्रिय उपाध्यक्ष साथै वर्ष २०१८ मा राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष भएर कुशलता पुर्वक कार्य सम्पादनको अनुभव बटुली सकेका छन।

    व्यक्तित्व विकास र नेतृत्व क्षमता विकासमा काम गर्दै आएको जेसिजको वर्ष २०२०को लागि राष्ट्रिय अधिवेशन पुष ९ देखि १२ गते सम्म चितवनमा हुदैछ ।राष्ट्रिय अध्यक्षको लागि अशोक शंकर सँगै अन्य तिनजना चुनावि मैदानमा रहेका छन् ।

    अशोक लगनशील, कर्तव्यनिष्ठ, कर्मठ र सामाजिक छवि उँचो भएका व्यक्तित्व रहेका कारण उनलाई जिताउन जेसीज सदस्यका साथै सम्पुर्ण देश नै लागि परेको छ।

    ‘जेसीजलाई सहि बाटो हिँडाउने, कसैलाई भेदभाव नगर्ने, जेसीजलाई पारदर्शी र स्वच्छ बनाउनु पर्छ भन्ने मेरो मान्यता हो’ शंकरको भनाई छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…