दीप खादी लिम्बू
मङ्सिर-३०,क्वालालम्पुर।
मलेशियाको बातुपाहात क्षेत्रमा अवस्थित नेपाली रेस्टुरेन्टमा मलेशियन प्रशासनले गरेको छापामा कुल बिक्रम नेम्बाङ लगायत सोही रेस्टुरेन्टमै कार्यरत श्रमिक पक्राउ बारे मिडियामा समाचार आएपछि पछिल्लो चरणमा यो विषय सतहमा आएको छ ।
"मलेसियामा कृष्ण आङ्दावेको नक्कली रक्सीको डरलाग्दो धन्दा:नेपाली मजदुर सबै जेलमा" शिर्षकमा गत मंसिर २८ गते
दियोपोस्ट अनलाइनले प्रकाशित गरेको समाचार बारे बिबाद आएपछि यो विषयले मलेशियामा चर्चा पाईरहेको छ।यसै बिषय लाई लिएर,सत्यतथ्य लाई उजागर गर्न साथै सहि र निस्पक्ष रुपमा घट्ना बारे नागरिक लाई सुचित गर्न रातोकलम अनलाइन मलेशिया सम्बादाताले टेलिफोन मार्फत कृष्ण आङ्देम्वे लाई सम्पर्क गरि जानकारी लिएको छ।
सोही सन्दर्भमा उक्त नेपाली रेस्टुरेन्टका संचालक आङ्देम्बे संङ्ग बुझ्दा दियोपोस्ट अनलाइनले आफू संङ्ग घट्ना बारे सत्यतथ्य जानकारीनै नलिई कसैको उक्साहटमा आफ्नो ब्याबसायलाई लक्षित गरि आफू विरुद्ध समाचार लेखिएको बताएका छन।
गत नभेम्बर १७ तारिक दिउँसो स्थानीय समय अनुसार ३:०० बजे मलेशियाका स्थानिय प्रशासन अन्तर्गत खाद्य बस्तु मापदण्ड र गुणस्तर चेकजाच बिभागले परिक्षण गर्ने क्रममा आफ्नो रेस्टुरेन्टमा प्रवेश गरेर अनाधिकारिक पेयपदार्थको ब्यापार गरेको भनेर मालसामान जफत र कार्यरत रेश्मा आङ्देम्बे लगायत लाई पक्राउ गरेको स्वीकार गरेको हो।यद्यपि आफुले उनिहरुको पारिश्रमिक नदिएको र छुट्याउन कुनै पहल नगरेको भनेर लेखिएको समाचार प्रती असन्तुष्ट जनाएका छन।
स्मरण रहोस करिब ३ बर्ष अघि पक्राउ परेका कुल बिक्रम नेम्बाङ पनि उस्तै मुद्धामा जेल गएका हुन।उ बेला नेम्बाङ अतालिएर अख्तियार टोली लाई आर.एम-३५०० घुष दिने क्रममा प्रशासनले पक्राउ गरेको हो।भने उनको बिषयमा क्षेतिपुर्ती नदिएको भन्ने समाचार पनि सत्य नरहेको स्पष्ट पारेका छन।नेम्बाङ लाई घुष दिने क्रममै अख्तियार टोलिले पक्राउ गरेको हुनाले कानुनी मापदण्ड अनुसार सजाय भोग्नैपर्ने भएको हुदा मुद्दा लम्बिएको बताए।
रेश्मा आङ्देम्बे र नेम्बाङ आफ्नै नातेदार रहेको र आपसी सम्झौतामै रेस्टुरेन्ट उनिहरुको जिम्मामा रहेको तर रेस्टुरेन्टको आवास्यक अन्य कागजात आफ्नो नाममा रहेको कारण आफू बिबादमा तानिएको बताए।तर उनिहरु लाई बन्दिगृह बाट छुट्टाउन मलेशियन सरकारले तोकेको रकम आर.एम एक लाख रुपैया भरपाई गर्न पहल हुदाहुदै पनि आफू लाई बदनाम गर्न दियोपोस्टले सत्यतथ्य लाई कुल्चिएर समाचार सम्प्रेषण गर्दा आफ्नो मानहानी भएको समेत आरोप लगाएका छन।
नेपाली राजदुतबास मलेशिया सङ्ग उक्त मुद्दा मामिला सुल्झाउन दूतावास बाटै नियुक्त वोकिल ले केस फाइल गरेर बहस चलिरहेको र मुद्दा बिचाराधिन रहेको अवस्थामा सो मुद्धाको बिकल्प बारे परामर्श लिई रहेकै बेला यस्तो समचार आफ्नो नाममा आउदा कसै बाट परिचालित भएर अर्थहीन समाचार सम्प्रेषण गरेको बताएका छन।
सोही विषय लाई आफ्नो मानहानी भएको र ब्याबसाय प्रती इङ्गित गरेको हुन सक्ने भन्दै आङ्देम्बेले प्रेस काउन्सिल नेपालमा समेत दियोपोस्टका सम्पादक तथा रिपोर्टर बिरुद्ध कारबाहीको माग गर्दै पत्रचार समेत गरेका छन।