उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले सडक कालोपत्रे पश्चात मिक्लाजुङको मुहार फेरिने आशा ब्यक्त गरे ।
सोमबार उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे शिलान्यास कार्यक्रममा बोल्दै सांसद लिम्बूले सो कुरा बताएका हुन् । बर्षौदेखि सास्ती खेप्दै आएका टाँडी र रमितेका जनतालाई सडक कालोपत्रे बरदान सावित बन्ने बताउँदै सांसद लिम्बूले कालोपत्रे निर्माणको क्रममा कसैबाट अवरोध सिर्जना नगर्न अपिल गरे ।
उनले चन्दा, चिठ्ठा र सहयोग मागेर दुख दिए त्यसविरुद्ध आफूले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै सांसद लिम्बूले ठेकेदार पक्षलाई निर्धक्क साथ काम गर्न अनुरोध गरे । जनताको सेवकका रुपमा आफूले काम गरिरहेको उल्लेख गर्दै जनताको अहित हुने काम कसैबाट हुन नहुने उनको भनाई छ ।