उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सडक कालोपत्रेको काम समयमै सम्पन्न गर्नका लागि उर्लाबारी नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
सोमबार उर्लाबारी–टाँडी–रमिते सडक कालोपत्रे शिलान्यास कार्यक्रममा बोल्दै मेयर फागोले सो कुरा बताएका हुन् । उनले मिक्लाजुङ र उर्लाबारीबीच सहकार्य गरी अघि बढ्न तयार रहेको बताउँदै विकास निर्माणका विषयमा कसैले बाधा र अवरोध सिर्जना गर्न नहुने बताए । उनले विकासका नाममा कसैले राजनीति गर्न नहुने तर्क राखे ।