काठमाडौं । पार्टीको लागि अहोरात्र खट्ने ज्यानबाजी राखेर अघि बढेका झापाका केदार खड्काले शिवा सेना नेपाल किन छोडे भन्ने विषयले उनका समर्थक तथा शुभेच्छुकलाई आश्चर्यचकित बनाएको छ । एक बिज्ञप्ती जारी गर्दै अब शिव सेनासँगको यात्रा समाप्त भएको र अन्यकुनै दल वा पार्टीमा रहेर जिम्मेवारी लिने बिषयमा केहि नसोचेकोे उनको भनाई छ ।
संगठनको केन्द्रीय सदस्य खड्काले साधरण सदस्य समेत नरहने गरि राजिनामा दिएको बताएका छन् । उनले संगठनमा रहेर काम गर्दा साथ सहयोग गर्नुहुने शुभेच्छुक कार्यकर्ता पार्टीका नेता सबैलाई धन्यवाद दिएका छन् । उनको राजिनामाले पार्टीपङ्ती मै तरंग ल्याएको छ ।