काठमाडौं, पुस २ । पाकिस्तानका पूर्वराष्ट्रपति साथै सेना प्रमुख परवेज मुशर्रफलाई मृ*त्यु*दण्ड दिने अदालतको फैसलाप्रति पाकिस्तानी सेनाले गम्भिर आपत्ती जनाएको छ।
यस सम्वन्धमा पाकिस्तानी सैनिक प्रवक्ताले मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै मुशर्रफलाई मृ*त्यु*दण्ड दिने अदालतको फैसलाले आफूहरुलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गरेका छन्। मेजर जनरल आसिफ गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले पाकिस्तानी सेनालाई नै आघात पुगेको छ। पूर्वराष्ट्रपति समेत रहेका जनरल मुशर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको भनाइ छ।
पाकिस्तानको राजधानी इस्लामावादस्थित उच्च अदालतले देशद्रोहको अभियोगमा मंगलबार पूर्व राष्ट्रपति जनरल मुशर्रफलाई दोषी ठहर गर्दै मृ*त्यु*दण्डको सजाय सुनाएको थियो। मुख्य न्यायाधीशसहित तीन सदस्यीय इजलासले बहुमतको आधारमा उक्त निर्णय सुनाएको थियो। तर, सेनाले भने देशको रक्षाका लागि युद्ध लडेका मुशर्रफ कहिल्यै पनि देशद्रोही हुन नसक्ने बताएको छ। आफ्नो प्रतिरक्षा गर्न पाउने आधारभूत मानव अधिकारको समेत अदालतले उपेक्षा गरेको सेनाले आरोप लगाएको छ। ‘पाकिस्तानको संविधान अनुसार न्याय हुनेछ भन्ने पाकिस्तानी सेनाको अपेक्षा छ,’ सेनाको विज्ञप्तिमा उल्लेख गरिएकोे छ।
सेनाको विज्ञप्ति:
मुशर्रफको सेना र सत्ता पृष्ठभूमि
मुशर्रफ सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका थिए।
कारगिल युद्धमा सेनाको संलग्नताको विषयले तत्कालीन प्रधानमन्त्री नवाज शरिफ र मुशर्रफबीच विवाद उत्पन्न भयो।
त्यसपछि रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख मुशर्रफले सत्ता आफ्नो हातमा लिए।
उनले सन् २००७ नोभेम्बर मा सङ्कटकाल लगाएर संविधान निलम्बित गरिदिएका थिए।