मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धबिच्छेदको निवेदन लिएर जिल्ला अदालतमा पुग्दा कर्मचारीहरु नै छक्क परे । किनकी जिल्लामा सबैभन्दा बढी उमेरकी वृद्धाले निवेदन लिएर आएको यो नै पहिलो पटक हो ।
‘अदालतमा सम्बन्धबिच्छेदका मुद्दा धेरै छन्’ स्रेस्तेदार केशवराज कौशिकले भने,‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धबिच्छेदको माग गरेको यो नै पहिलो घटना भयो ।’
७० वर्षीय श्रीमान बुद्धबहादुर रुम्बासँग अंशसहित सम्बन्धबिच्छेदको माग गर्दै उनी लौरोको सहारामा गत मंसिर २५ गते अदालत पुगेकी थिइन् । उनका ५ छोरा र एक् छोरी छन् । कान्तिपुरमा यो खबर छ ।