• पुस २, २०७६ भद्रपुर : पूर्वराजा-रानीप्रति झापाली जनताको मोह अझै घटेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकस्थित मिनी दरबार आएका पूर्व राजदम्पतिलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका समर्थकले भव्य स्वागत तथा सम्मान गरेका छन्।

    श्री एयरलाइन्सको जहाजबाट बुधबार दिउँसो १ बजेर २८ मिनेटमा झापा उत्रिएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमललाई विमानस्थल परिसरभित्रै स्वागत तथा सम्मान गरेका थिए।

    राजालाई स्वागतका लागि बिहानैदेखि सयौँको संख्यामा आएका समर्थकले पूवराजा ज्ञानेन्द्र र रानी कोमललाई फूलमाल लगाएर भव्य स्वागत तथा सम्मान गरेका थिए।

    समर्थकले राजा आऊ देश बचाउ, नेपाल आमा के भन्छिन्, राजतन्त्रले भन्छिन्, गणतन्त्र मुर्दावाद लगायतका नारासमेत लगाएका थिए।

    विमानस्थलमा समर्थकको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। साथै राज दम्पतिसँग फोटो खिचाउन समर्थक हात हातमा मोबाइल फोन बोकेका थिए। राज दम्पतिले सीधै उनका समर्थकको सम्मान लिँदै करिब आधा घण्टाको विमानस्थलमा बिताएका थिए।

    पूर्व राजदम्पतिको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, साद पोसाकका प्रहरी, शिव सेना र हिन्दु सेनाले सुरषा दिएका थिए।

    पूर्व राजदम्पति दमक नगरपालिका १५ स्थित हिमालय महालक्ष्मी गुडरिक प्रालिको चिया बगानमा रहेको मिनी दरबारमा एक महिना बस्ने कार्यक्रम रहेको जनाइएको छ। दमकमा पूर्वराजाको चिया बगान पनि छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…