•  

    पुस २, २०७६ ताप्लेजुङ : अब हवाईजहाज र हेलिकोप्टरबाट २३ हजार रुपैयाँमा प्रसिद्ध तीर्थस्थल पाथिभाराको दर्शन गर्न पाइने भएको छ। सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरि पाथीभरा दर्शनका लागि २३ हजारमै प्याकेज बनाएर हवाई सेवा सुरु गरेका हुन्।

    पूर्वमा निजी हवाई सेवा कम्पनीको आकर्षण बढेसँगै पाथीभरा दर्शनको यात्रा सहज भएको हो। सीता एयरले आइतबारदेखि भद्रपुर-ताप्लेजुङ सीधा उडान सुरु गरेको छ।

    दुई हवाई कम्पनीको समझदारीअनुसार सीता एयरले भद्रपुरबाट चढेका यात्रुलाई सुकेटारसम्म ल्याउने छ भने सुकेटारदेखि पाथीभरा मन्दिरसम्म माउण्टेन एयरको हेलिकोप्टरले पुर्‍याएर ल्याउने छ।

    यस्तै, विराटनगर-ताप्लेजुङसमेत सीधा उडान हुने भएको छ। प्याकेजअनुसार दुवैतर्फबाट पाथीभरा दर्शनार्थीले २३ हजार रुपैयाँ तिर्नुपर्ने माउण्टेन हेलिकोप्टर प्रालिका महाप्रबन्धक दिलबहादुर ओलीले जानकारी दिए।

    पूर्वका विभिन्न एयरपोर्टमार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको यात्रालाई सहज बनाउने उद्देश्यले हवाई सेवा सुचारु गरिएको ओलीको भनाई छ। ‘हामीले गत वर्षमा विभिन्न मेला तथा महोत्सवको अवशरमा प्याकेजमा दर्शन गराएका थियौँ। त्यसपछि विभिन्न स्थानबाट हामीलाई माग आएकाले यो सेवा सुरु गरेका हौँ’ महाप्रकन्धक ओलीले भने।

    ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथिभरा दर्शनका लागि काफ्लेपाटीसम्म सडकको सुविधा भए पनि त्यहाँबाट भने करिव ३/४ घण्टा पैदल हिँड्नुपर्ने हुन्छ। उचाई धेरै भएका कारण पहिलोपटक यहाँ आएका दर्शनार्थीलाई पैदल यात्रा गर्न असजिलो हुने गर्दछ भने बृद्धबृद्धा तथा असक्तलाई भने झनै गाह्रो हुन्छ। सोही समस्याको समाधानका लागि भए पनि प्याकेजमा हवाई सेवा दिएको माउण्टेन हेलिकोप्टरले जनाएको छ।

    पाथिभरा दर्शनका लागि आएका अशक्त दर्शनार्थीलाई मान्छेले पिठ्यूँमा बोक्ने व्यवस्था भए पनि जोखिम उक्तिकै हुने दर्शनार्थीले गुनासो गर्ने गरेका थिए। यस्तो सेवा सुचारु भएपछि त्यो समस्यासमेत समाधान भएको छ। तर यसलाई निरन्तरता दिनुपर्ने स्थानीयको माग छ।

    महाप्रबन्धक ओलीका उनका अनुसार खोटाङको हलेसीमा जाने दर्शनार्थीका लागि समेत सहजताका लागि भद्रपुर र विराटनगर दुवै ठाउँबाट लामीडाँडा सीधा उडान सुरु भएको छ। जहाजमार्फत लामीडाँडासम्म र त्यहाँबाट हेलिकोप्टरमार्फत हलेसी यात्रा गर्न सकिने उनको भनाइ छ। पूर्वका धार्मिक तथा पर्यटकीय क्षेत्रमा हवाई सेवा सुरु भएसँगै यी क्षेत्रमा थप पर्यटकीय चहलपहल बढ्ने स्थानीयको विश्वास छ।

    पाथीभराको प्राकृतिक सौन्दर्य

    पाथीभराको धार्मिक महत्वले मात्र होइन प्राकृतिक सौन्दर्यले पनि पर्यटकहरूलाई आकर्षित गर्छ। लस्करै देखिने कञ्चनजंघा, कुम्भकर्ण, मकालु, लोत्से, नोत्सेलगायतका हिमालका रमणीय दृश्यले पर्यटकलाई लोभ्याउँछन्। त्यसमाथि गुराँसको जंगल, धुपी, सल्लाका बोट, मालिङ्गोघारी निक्कै रमणीय छन्।

    ताप्लेजुङ, सदरमुकाम फुङलिङबाट उकालो लागेपछि रमाइला दृश्यहरू अवलोकन गर्दै पाथीभरा पुगिन्छ। पाथीभराबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि उत्तिकै रमाइलो देखिन्छ। दर्शनार्थीहरू यस्ता रमाइला दृश्यहरू क्यामरा र मोबाइलमा कैद गर्दै पाथीभरा पुग्छन्। मन्दिरमा हरेक वर्ष लाखौं दर्शनार्थी यात्रीहरू पुग्ने गर्छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…