• काठमाडौं,  जाडोयाम सुरु भएसँगै मानिस न्यानोको खोजीमा लाग्छन् । चिसोबाट बच्न विभिन्न उपायसमेत अपनाउने गर्छन् ।

    तर, त्यही उपाय कहिले–काँही मृत्युको कारणसमेत बन्नसक्छ भन्नेतर्फ भने धेरैको ध्यान गएको पाइँदैन ।

    गत साता देशैभर पानी परेपछि चिसो ह्वात्तै बढेको छ । चिसोबाट बच्न आगो बाल्ने, कोइला, ब्रिकेट, ग्यास हिटर, विद्युत्बाट चल्ने हिटरहरु ताप्ने गरिन्छ ।

    तर, जाडोबाट बच्न अपनाइने यस्ता उपायहरु कहिले–काँही मानिसको मृत्युको कारणसमेत बन्नसक्नेमा भने धेरै मानिस सचेत छैनन् ।

    गत मंसिर २९ गते कीर्तिपुरमा राति कोठामा मकलमा आगो बालेर सुत्दा दुईमहिने शिशु र आमाको मृत्यु भयो ।

    जाडोबाट बच्न मकलमा आगो बालेर सुतेकी ३२ वर्षीया शर्मिला रञ्जितकार र उनको दुईमहिने शिशुको सुतेकै अवस्थामा ज्यान गयो ।

    यो त प्रतिनिधि घटनामात्र हो । चिसो छल्ने नाममा अपनाइने यस्ता विधिले वर्षेनि धेरैको ज्यान जाने गरेको छ ।

    घरका सबै झ्याल–ढोका बन्द गरेर आगो वा हिटर बालेर सुत्दा कोठामा अक्सिजनको मात्रा नपुगेर मृत्यु हुने गर्दछ ।

    आगोको धुवाँ वा हिटरले कार्बनमनोअक्साइड ग्यासको मात्रा बढ्ने हुँदा शरीरमा अक्सिजन नपुगेर मृत्यु हुने गरेको छातीरोग विशेषज्ञ डा. पंकज पन्त बताउँछन् ।

    हेमोग्लोबिनको सहयोगमा शरीरका प्रत्येक कोषमा अक्सिजन पुग्ने गर्छ । तर, लामो समय कोठामा अक्सिजन ‘पास’ हुन पाएन भने कार्बनमनोअक्साइड ग्यासको मात्रा बढ्छ । जुन ग्यासलाई हेमोग्लोबिनले २३० गुणा बढी तान्छ र शरीरका प्रत्येक कोषमा कार्बनमनोअक्साइड ग्यासको मात्रा बढेर तुरन्तै बेहोस हुने र मुटुको चाल बढी मृत्यु हुने गरेको डा. पन्तले बताए ।

    रातको समयमा आगो बाल्दा, हिटर ताप्दा कोठा खुला राख्ने, भेन्टिलेटर खुला राख्ने, कोठा तातिसकेपछि आगो वा हिटर निभाएरमात्र सुत्ने गर्दा यस्ता समस्याबाट बच्न सकिन्छ ।

    भिडियो हेर्नुहोस्

    https://youtu.be/wTeQoBhS5Sc

    यो (इमेज) खबर मा प्रकाशित छ ।प्रज्ञा तिमल्सिना र राममान डंगोल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…