काठमाडौँ –चुरे क्षेत्र जोगाउन सबैले पहल गर्नुपर्ने बताउदै- भौतिक योजना तथा यातायात मन्त्रि बसन्त नेम्बाङ र सडक भिभाग प्रमुख ई केशव प्रसाद शर्मालाइ सिंहदरबार मन्त्रालयमै पुगी मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)को टिमले ध्यानआकर्षण पत्र बुझाएको छ ।
रास्ट्रिय गौरवको योजनामा रहेको मदन भण्डारी राजमार्ग,चुरे संरक्षणको गुरुयोजना बने संगै मोरंङको राजमार्ग उत्तरमा पर्ने साबिक टाडि,लेटाङ,केरावारी हुँदै चुरे फेदीबाटै मदन भण्डारी राजमार्ग लानु पर्ने मांग गर्दै सांसद लिम्बुको टिम सिहदरबार पुगेका हुन ।
यस अगाडि चुरे मदन भण्डारी राजमार्ग, झापा दमकको केन्द्रबिन्दु बनाएर यो महेन्द्र राजमार्गबाट ४/५ कि. मि.नाजिकबाटै चुरे मदन भण्डारी राजमार्गलाई लान खोज्नु महेन्द्र राजमार्गनै, भने फरक नपर्ने सांसद लिम्बुको भनाइ छ ।
यहाका स्थानिय जनसरोकारवलाले यस बिसयमा आपति जनाएको हुँदा र सो निर्णय बज्ञानिक नहुने तर्क दिंदै सम्बन्धित निकायलाई ध्यानआकर्षण गर्नु परेको सांसद लिम्बुले बताए ।
उक्त बिसयलाई मन्त्रि नेम्बाङले गम्भीर लिएको र सकारात्मक पहल लिने बताएका छन ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        