काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला डाइलासिसका लागि मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेका छन् ।|
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार उनी अहिले अस्पतालमै छन् ।
प्रधानमन्त्री ओली लामो समयदेखि मिर्गौलाको डायलासिस गर्दै आइरहेका छन् । मिर्गौला नफेरेसम्म यो प्रक्रिया निरन्तर गर्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको सचिवालयका एक सदस्यले जानकारी दिए ।