काठमाडौं - महिला नभएको कुनै पनि घर सुनसान हुन्छ । महिलाबिना घरमा गरिएका कुनै कार्य पनि सफल हुदैनन् । त्यसैले महिला भएको घरमा लक्ष्मीको बास हुने धर्मशास्त्रमा पनि बताइदै आएको छ । महिलाहरूलाई नै लक्ष्मी मानिने हुनाले महिला जुन घरमा जान्छिन् त्यहाँ लक्ष्मीको बास हुने गर्छ । महिला भएको घर सुखी हुन्छ । परिवारको भाग्य सफलता र असफलता बनाउने भन्ने कुरा महिलामा निर्भर हुने गर्छ ।
ज्योतिष शास्त्रका अनुसार महिलाहरूले रातीमा गर्न नहुने केहि यस्ता काम छन् जुन गरेमा जीवनमा बिभिन्न बाधाहरु आउछन् । महिलाले यी काम रातीमा नगरेकै राम्रो । जस्तै सुर्यास्त पछि महिलाहरु अरुको घरमा दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । सुत्नुअघि महिलाहरुले कपाल नुहाउनु हुदैन । रातमा महिलाहरुले झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन। यसो गर्नाले लक्ष्मीको बास घरमा हुदैन।
तर महिलाले यी कार्यहरु गरेमा भने जीवन सुखमय हुन्छ । राती एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । त्यसपछी बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसो गर्नाले घरमा भएको नकरात्मक उर्जा बहिर जाने ज्योतिष शास्त्रमा बताइएको छ । राती सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नु राम्रो हुन्छ । राती भान्छामा एक बाल्टी पानी भरेर राखेमा पनि राम्रो हुन्छ ।