• काठमाडौं, ३ पौष । जर्बजस्ती करणी उद्दोगको अभियोगमा र्पुपक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा फेरि डिल्लीबजार कारागारमै लगिएका छन् । उनले यसअघि काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा निवेदन हालेपछि उच्च अदालत पाटन लगिएको थियो। तर, काठमाडौं जिल्ला अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएकोमा त्यसलाई गैरकानुनी दाबीसहित उच्च अदालत पाटनमा निवेदन दिएकोमा बदर भएको छ ।

    साधारण तारेखमा बसेर मुद्दा लड्नपाउनुपर्ने मागसहित गरेको निवेदन उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले बदर गरिदिएको हो । बिहिबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेपछि महरा जेलमै बसेर मुद्दा लड्नुपर्ने भएको छ ।

    बलात्कार अभियोगमा १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनीमाथि किटानी जाहेरी दिने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले र्दुव्यवहार नभएको भन्दै वकपत्र गरेपनि महरालाई छुटाउने प्रयास सफल भएन । अदालतमा बिहिबार रोशनी पनि पुगेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…