रतुवामाई । मिस रतुवामाई २०१९ को फ़ाईनल पौष ७ गते सोमबार दिउसो चार बजे हुने भएको छ। कात्तिक २३ गतेबाट सुरू भएको प्रतियोगिताको फाईनल मुख्य प्रायोजक समेत रहेको
राष्टनिर्माण सेकेण्डरी बोडिङ स्कुल रतुवामाई’१० सोमबारेको प्राङ्गणमा हुने कार्यक्रम संयोजक अनिस कार्कीले जानकारी दिए। कार्कीका अनुसार ‘फाईनलमा प्रवेश गरेका १३ जना
प्रतिस्पर्धीमध्ये विजेता एक जनालाई “मिस रतुवामाई २०१९ को ताज पहिराउने बताए।
सुरूवाती समयमा कार्यक्रमको बारेमा अभिभाबकहरूलाई बुझाउन गाह्रो भए पनि कार्यक्रमा मौलिक संस्कृतिलाई बचाई
राख्नका निमीत्त जातिय भेषभूषा, भाषा, संस्कृतिको प्रयोगले गर्दा कार्यक्रमले थप
साथ र सहयोग पाई यहाँ सम्म आइपुगेको आयोजक टिमका सदस्य दिनेश कुमार बिष्टले बताए।
त्यस्तै रूपेश ढकालले पनि शहरी र ग्रामिण क्षेत्रका युवतीहरूमा समान प्रतिभा भए पनि ग्रामिण क्षेत्रमा अवसरको कमिले गर्दा उनिहरूको क्षमता प्रस्फुटन हुन
नसकेको अवस्थामा मिस रतुवामाईले ग्रामिण क्षेत्रका युवतीहरूको प्रतिभा उन्नति स्तर बृद्धि गर्न खोजिएको बताउनुभयो।
आफूहरूलाई आफ्नो आत्माबलका साथ आफूभित्र भएको क्षमता, प्रतिभालाई प्रस्फुटन गर्नका लागि आयोजकले सिर्जनात्मक कार्यक्रमको वातावरण तयार
गरिदिऐको कार्यक्रमकि प्रतियोगि रेश्मा श्रेष्ठको भनाई रहेको छ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        