• उर्लाबारी, एकातिर चरम गरिबी, अर्कातर्फ अबुर्द रोगको पीडा । २७ बर्षीया विमला सुब्बाको दिनचर्या यिनै नियतिको संघर्ष गर्नमै वितिरहेछ । विमला पाठेघरको क्सान्सरबाट पीडित छिन् ।
    मोरङ उर्लाबारी ६ को खोलाधार मा एउटा झुप्रोमा दाजु भाउजुसंग रहदै आएकी उनी हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छिन । जनमन गरेर जीवनयापन गर्ने विमलाका दाजु दीलबहादुरलाई यतिबेला उस्तै आपत छ । संकटपनि कस्तो भने, परिवारको लालनपालन मा लाग्नेकी बहिनीको उपचारमा खट्ने ! सबैतिर हारगुहार गरेर बहिनीको उपचारमा ५ लाख खर्च गरिसकेका दीलबहादुरले थप खर्च जुटाउन सकेका छैनन् ।



    उनका अनुसार अस्पतालले विमलाको उपचारमा अझै २० लाख खर्च हुने जनाएको छ । उनको अबको आसा भनेकै सहयोगी हातहरु हुन् । दीलबहादुरले बहिनी विमलाको जीवन रक्षाका लागि सबैमा आग्रह गरेका छन् । भन्छन्,‘मनकारी दाजुभाई दिदी वहिनीहरु संग सहयोगको हात थापेको छु, तपाईहरुको गुन म विर्सने छैन ।’
    पाठेघरको क्यान्सरसंग जुधिरहेकी विमला सुब्बालाई सहयोग गर्न चाहनु हुनेले ९८०७३७७५२४ र ९८२८७५५३७७ को मोवाइल नम्बरमा सम्पर्क गरिदिनु हुन दिलबहादुर अपिल गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…