• काठमाडौं, ४ पुस । नेपाली कांग्रेसभित्र देखिएको विवाद भातृसस्था तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व कसलाई दिने भन्ने विषयमा गएर अल्झिरहेको छ ।

    यी दुई भातृ सस्थाको विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पटक पटकको सहमतिको प्रयास असफल भइरहेको छ । जसका कारण पौडेल पक्षले केन्द्रिय समिति बैठक बहिस्कार गर्दै आएको छ । देउवा पक्षले पेलेरै जाने नीतिसहित बैठक राखेपछि पछिल्ला बैठकहरु पौडेल पक्षले बहिस्कार गर्दै आएको हो ।

    पौडेल पक्षले तरुण दल र नेविसंघको भेला गर्दै पेलेमा समानान्तर समिति बनाउने तयारी गरेको बताइन्छ । नेविसंघ र तरुण दलबारे पनि विवाद बढिरहेका बेला पौडेल पक्षले तरुण दलका आफू निकट नेताहरु भेला गरेर छलफल गरेको हो ।

    छलफलमा सभापति देउवाले पेलेरै अर्थात सहमति नगरी तरुण दल र नेवि संघको अर्को समिति बनाएमा समानान्तर समिति बनाएर अघि बढ्ने कुरा भएको छ ।

    मंगलबार पौडेल निकट नेता कार्यकर्तालाई महाराजगञ्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा विशेष भेला बोलाइएको थियो । भेलामा दुवै भातृ संगठनमा देउवाले सहमति नगरे समानान्तर समिति बनाउने तयारी भएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।

    पौडेल समूहले चार पदाधिकारी भएको तरुण दलको ६ महिना म्याद थप्नुभन्दा अब पोखरा महाधिवेशनको भावनाअनुसार ९५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रस्ताव राखेको छ ।

    नेविसंघमा संस्थापन पक्षले चार महामन्त्री प्रस्ताव गरेको छ । तर, पौडेल समूहले उपसभापति, महामन्त्री र कोषध्यक्षमा भागवण्डा मिलाउन प्रस्ताव गरेको छ । साथै नेविसंघ र तरण दल मध्ये एकको नेतृत्व पाउनुपर्ने पौडेल समूहको अडान छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…