अर्जुन जम्नेली राई
सुनसरी । किरात राई यायोक्खा केन्द्रिय समितिको निवर्तमान अध्यक्ष तिलक राईलाई सुनसरी धरानको उपमहानगरपालिका प्रमुख तिलक राईलाई आज कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा उपमहानगरको प्रमुख भएका राईलाई धरान स्थित यायोक्खा भवनमा बधाई तथा शुभकामना दिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख राईले उपमहानगरमा शसक्तिकरणको कार्यक्रहरु अन्य गैरसरकारी संस्था नभएर समुदायमा आधारित सस्थाहरु मार्फत गर्ने बताए ।
जिल्ला प्रशासनमा दर्ता भएको अन्य सस्थाहरु भन्दा सामुदायिक (जातीय)सस्था मार्फत गर्दा प्रभावकारी हुने प्रमुख राईले बताए ।
आफ्नो विजयमा सबै समुदाय र पार्टीको भूमिका रहेको भन्दै धरानमा कोही प्रतिपक्षी नहुने दोहोर्याए । प्रमुख राईले उपमहानगरपालिका सबै वर्ग र समुदायको अभिभावक रहेको बताएका छन ।
आफू उपमहानगरमा अढाई बर्षपछि आएकोले अरुभन्दा बढी र छिटो काम गर्नुपर्ने बाध्यता रहेको बताए । "आहिले म नगरको कर्मचारीको नेतृत्वलाई बुझ्दै छु ।" प्रमुख राईले भने "हिजो के गर्नु भयो छोडेर अब राम्रो काम गरौ।"
पार्टीगत रुपमा आफूलाई नहेर्न अनुरोध गर्दै सानाजिक विकासको लागि एक भएर लाग्नुपर्ने बताए ।
भौतिक विकासको साथै समाजमा के गर्न सक्छौ योजना बनाएर आउन समुदाय गत सस्थाहरुलाई आव्हान गरेका छन ।
यायोक्खा सुनसरीका अध्यक्ष बलराम राईको अध्यक्षतामा, सचिव राजेन्द्र राईले सन्चालन गरेको कार्यक्रममा केन्द्रिय महासचिव जनक राईले सस्थाको तर्फबाट प्रमुख राईको कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा प्रमुख राईलाई सम्मानपत्र, पगरी र खादा लाएर सम्माण गरियको थियो ।
किरात अभियानको अवसरमा आयोजित कार्यक्रममा ययोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव भीम राई सचिव अर्जुन जम्नेली राई लगायतको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा फोटो पत्रकार महासंघको केन्द्रीय सदस्य हुनु भएकोमा उपेन्द्र चाम्लिङ र सुनसरी अध्यक्ष निर्वाचित हुनु भएकोमा बिकाश राईलाई यायोक्खाले सम्मानपत्र र खादाले सम्मान गरेका थिए ।