• काठमाडौं । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन् । यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ । कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्छ भनेर प्रमाणित भैसकेको छ ।

    हामीले फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको हुन्छ । बिरामी भेट्न जाँदा यो त राम्रो भनेर लिएर जान्छौं, तर त्यो कुहिएको फलफूल लिएर जाने हो ।

    त्यस्तो खालको जुसमा ८० प्रतिशत चिनी मात्रै हुन्छ । चिनीको झोल खानको लागि हामीले धेरै पैसा तिरेका हुन्छौं ।

    अहिले त स्कुलको खाजामा पनि यस्ता खालको जुसको विज्ञापन रहेको हुन्छ । त्यसले पनि बालबालिकाको मनोविज्ञानमा असर गरेको हुन्छ ।

    जुस बनाउने ड्रममा कुहिएको फलफूल भेटियो भनेर पनि कहिलेकाहीँ आइरहेको हुन्छ । त्यसैले आमा बाबु पनि सचेत हुनु पर्छ ।

    कुनै हालतमा पनि राम्रो फलफूलको जुस हुँदैन । भए पनि कुहिएको फलफूलको जुस हुन्छ । त्यसैले यस्तो जुस दिनु भनेको आफ्नै छोराछोरीको स्वास्थ्यमा खेलबाड गर्नु हो ।

    गर्मीमा के खाने ?

    बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही बालबालिकालाई दिनुपर्छ । आफूले पनि यस्तै खानुपर्छ । यस्तै जौको सातु र सर्बतले पनि गर्मी मौसममा धेरै फाइदा हुन्छ । यसमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ, रेसादार पनि हुन्छ । भने शरीरलाई उर्जा पनि दिन्छ ।

    ध्यान दिनुपर्ने कुरा :

    अहिले फलफूल पेलेर निकालिएको जुस पिउने चलन पनि बढेको छ । यसरी जुस पिउँदा पहिला नै पेलेर राखेको छ भने पिउनु हुँदैन । पेलेर जुस पिउनुभन्दा फलफूल आफैले चपाएर खाँदा राम्रो हुन्छ । तर कहिलेकाहीँ पिउँदा आफैँले वा आफ्नै अगाडि पेलेर पिउनुपर्छ । बाहिर पिएको फलफूलको जुसले झाडापखाला लाग्ने भएकाले सबै सचेत हुनु पर्छ ।
    (पोषणविद् डाक्टर अरुणा उप्रेतिसँगको कुराकानीमा आधारित)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…