• सप्तरी । सप्तरीमा ९ फिट लामो अजिंगर फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा भेटिएको अजिंगर २५ किलोको छ ।
    स्थानीय सुधीर झाको बारीमा उक्त अजिंगर भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तथा प्रवक्ता तिलक भारतीले जानकारी दिए । टोलीले अजिंगर नियन्त्रणमा लिई वन्यजन्तु आरक्षण पथरी सेक्टरको रेञ्ज पोष्टको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
    यसअघि कार्तिक १३ गते हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित कोशी बाँधमा १५ किलो तौल भएको अजिंगर फेला परेको थियो भने कार्तिक १० गते तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो खोलामा करिब ७ फिट लम्बाई भएको १२ किलो तौलको अजिंगर फेला परेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…