• इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट अत्याधुनिक हतियार एसएलआर सहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ ।
    आइतबार पूर्वी पृतना हेटक्वाटर इटहरीको विशेष सुचनाको आधारमा छापा मार्दा गोली सहित अत्याधुनिक हतियार भेटिएको हो । सुनसरीले भरौलमा कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद गरेको हो। एसएमजी (सर्ट मेसिन गन) सहित ३ वटा ड्रममा खेमराज प्रधानको कुखुराको खोर मुनी गाडेको अवस्थामा हतियार फेला परेको हो ।


    घटनास्थलमा बरामत गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरिसकेको छ । बरामत गरिएको हतियार तत्कालिन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ। ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…