• उर्लाबारी÷ मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले गैर सदस्यसँग उच्चकारोवार गर्ने गरेको खुलेको छ ।

    संस्थामा संस्थापक २५ जना शेयर सदस्य बाहेक अरुलाई शेयर धनी प्रमाण पुर्जा दिइएको छैन् । एक सय रुपियाँमा शेयर सदस्य बनाउने र दैनिक बचत सङ्कलन गर्ने तथा सोही शेयर प्रमाण पत्रका आधारमा ऋण दिने गरेको समेत खुलेको छ । कर्जा प्राप्त गर्ने ऋणीले कर्जा असुलेपछि शेयर सदस्य स्वत सदस्य मुक्त हुने गरेको एक शेयर सदस्यले बताए ।

    संस्थाले पछिल्लो वार्षिक साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदनमा समेत शेयर सदस्यको सङ्ख्या खुलाइएको छैन् । सहकारी संस्थाका छाता संगठनकै शैलीले सुदर्शन साकोसले सदस्यता आवद्धता भनेर प्रतिवेदनमा उल्लेख गरेको छ । अझ रोचक कुरा त सहकारीले हरेक वर्ष दर्जन बढी ऋणीलाई उत्कृष्ठ ऋणी भनेर सम्मान गरे पनि ति सम्मानित सदस्यको शेयर सदस्यता नं. सम्मान पत्रमा उल्लेख हुँदैन ।

    साधारण सभामा उच्च पदस्थ ब्यक्ति बोलाउने र राम्रो आतिथ्यता प्रदान गर्ने सुदर्शनको कायदाले धेरै बचत कर्ताहरू लोभिएको देखिन्छ । त्यति मात्र होइन, सुदर्शन साकोसले साधारण सभामा दर्जन बढी पत्रकारलाई बोलाएर कार्यक्रमको साक्षी राख्ने गरेको सहकारी बुझेकाहरू भनाई छ ।

    उर्लाबारीमा ३ दर्जन बढी सहकारी संस्था छन् । ति सहकारी संस्थाले साधारण सभामा प्रस्तुत गर्ने प्रतिवेदनमा गत वर्षको प्रगति प्रतिवेदन, आगामी वर्षको प्रस्तावित कार्ययोजना र अनुमानित आय ब्यय र वास्तविक आय ब्यय प्रस्तुत हुन्छ ।मृत्यु भएका, सम्मान पाउने, सहकारी संस्था छोडेका , विभिन्न छाता संस्थाका कार्यक्रममा सहभागि भएका सञ्चालकहरू नाम र तापलम तथा गोष्ठीको बारेमा खुलाइएको हुन्छ । तर, सुदर्शन साकोसको वार्षिक प्रतिवेदनमा अभिलेखात्मक विषय कुनै राखिएको हुँदैन ।

    समूदायमा आधारित नभई कम्पनी प्रालिको स्वरुपमा सञ्चालन भएको सुदर्शनका सञ्चालक सदस्य र लेखा समितिमा को को छन् भन्ने कुरा पनि प्रतिवेदनमा खुल्दैन । सञ्चालकको फोटो र मोवाइल नं. त परै जाओस नाम समेत उल्लेख हुँदैन, एक सहकारीकर्मीले जिज्ञासा प्रकट गरे । सुदर्शन साकोसले भित्तेपात्रोमा पनि कर्मचारीको मात्र फोटो राख्ने गरेको छ ।

    नियमानुसार हरेक सहकारीले आफ्ना शेयर सदस्यहरू नाम सदस्य दर्ता कितावमा राख्नु पर्ने कानूनी ब्यवस्था छ । प्रत्येक सदस्यले कति कित्ता शेयर खरिद गरेका छन् । र नियमित मासिक बचत कति गर्छन् सोहीका आधारमा सदस्यलाई दिने ऋणको अङ्क तय गर्ने गरिन्छ ।

    तर , सुदर्शन साकोसमा देनिक बचत बाहेक नियमित बचत गर्न शेयर सदस्य अत्यन्तै कम रहेका छन् । संस्थापक शेयर सदस्यहरूले समेत प्राप्त मुनाफालाई वर्षमा एक पटक बचत खातामा हाल्ने गरेको जानकारहरू बताउँछन् ।

    अझ रोचक कुरा त सहकारी संस्थाले संस्था सञ्चालन गर्न डिभिजन सहकारी कार्यालयमा दर्ता अनुमति लिन बनाएको बिनियम बाहेक अरु कुनै नीति निर्माण गरेको छैन् । सुदर्शनले गरेको आर्थिक कारोवार हेर्दा संस्थालाई संस्था सञ्चालन नीति, ऋण नीति, बचत नीति, लगायत दर्जन बढी नीति आवश्यक देखिएको छ । तर, नीति कुन चरीको नाम हो सञ्चालकहरू जान्न र बुझ्न चाहदैनन् ।

    सदस्यहरूलाई रात्रीकालिन सेवा समेत दिँदै आएको सुदर्शन साकोस कै टिमले झापाको दमकमा समेत सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालन गरेको बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…