• दीप खादी लिम्बू
    क्वालालम्पुर,पुस-६

    नेपाल तामाङ कलाकार संघ मलेसिया को पहिलो अधिबेशन तथा दोस्रो वार्षिकोत्सब होटेल ग्राण्ड कन्टिनेटल मा आइतबार भब्यताको साथ सम्पन्न भएको छ।विशेष अथितिको रुपमा आथित्यता ग्रहण गरेका वाइबाले तामाङ्ग समुदाय लाई राज्यले बिगतमा बिभेदमा पारेर मासिन्य मतुवालिमा राखेको मन्तव्यको क्रममा बताएका छन।

    [caption id="attachment_66446" align="alignnone" width="590"] राजेन्द्र वाइबा[/caption]

    सोही क्रममा तामाङ जातिको मूल्य,मान्यता र जीवन पद्धति लाई बृहत् रुपमा उठान गर्नुपर्ने र सबैले यो सम्बन्धि अध्यन गर्न जरुरी रहेको बताएका छन।
    यसै सन्दर्भ सङ्ग नजिक रहेर तामाङ्ग कलाकारहरुले आफ्नो कला,सस्कृती र प्रतिभा लाई अगाडि बढाउनुपर्ने सुझाब समेत दिएका छन।

    नेपाल आदिवासी जनजाति महासंघ मलेसिया को अध्यक्ष बिपिन राई ज्यु को प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ मलेसिया को अध्यक्ष राजेन्द्र वाइवा को विषेश अतिथि मा दीप प्रज्वलन गरेर उद्घघाटन गरिएको हो।त्यस्तै अन्य अथितिहरुमा,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ साखा मलेशियाको अध्यक्ष दिपक सुनाखरी,किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष दिल कुमार केरुङ र समाजसेवी तथा साहित्यकार जीवन देवान गाउले रहेका थिए।

    [caption id="attachment_66448" align="alignnone" width="655"] सस्थाका अध्यक्ष फुर्बा दोर्जे मोक्तानको जन्मदिन मनाउदै।[/caption]

    प्रवास मा रहेर पनि गीत,संगीत लाई सरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्य ले स्थापना गरिएको उक्त सस्था केक काटेर दोश्रो वार्षिकोत्सब मनाएको हो।
    विभिन्न संघ सस्था को पदाधिकारी,पत्रकार हरु उपस्थिति रहेको कार्यक्रममा तामाङ भाषाको गीत,नृत्यको विशेष प्रस्तुती रहेको थियो।

    -पत्रकारहरु लाई सम्मान।

    नेपाल तामाङ कलाकार संघ मलेशियाको अधिबेशन तथा वार्शिकोत्सब समारोह बिच प्रबास मलेशियामै रहेर कृयशिल रुपमा कलम चलाईरहेका अनलाइन सन्चारकर्मिहरु लाई सम्मान गरेको छ।

    [caption id="attachment_66451" align="alignnone" width="590"] सम्मानित कृयशिल पत्रकारहरु[/caption]

    मलेशियाका गतिविधि तथा हरेक कार्यक्रमहरु लाई अनलाइन समाचार सस्था मार्फत बिस्वको ठाउँ ठाउँ सम्म सुचित गरेर सहयोग पुर्याएकोमा खुसी व्यक्त गर्दै सम्मान पत्र दिएर संघले पत्रकारहरु लाई हौसला प्रदान गरेको सस्थाका अध्यक्षदय फुर्बा दोर्जे मोक्तानले बताए।

    सम्मानित पत्रकारहरु नेपाल आदिवासी जनजाती पत्रकार महासंघ,मलेशिया साखा सङ आवद्ध छन।
    सुन्दर आले,अर्पण मगर,आर एन चौधरी ,दिप खादी लिम्बू, सुनाखरी मगर, मिलन दोङ,कृष्ण गुप्ता लाई खादा र प्रसंशा पत्र प्रदान गरेर सम्मान गरेको हो।

    सस्थाको अधिबेशन बाट निर्वाचित पदाधिकारीहरुको नामावली निम्नलिखित रहेको छ।
    १. फुर्बा दोर्जे मोक्तान तामाङ(अध्यक्ष)
    २. जगत दोङ तामाङ(संरक्षक)
    ३.कोष बोम्जन तामाङ(प्र.सल्लाहकार)
    ४.मिङमार मोक्तान तामाङ(सल्लाहकार)
    ५.तेन्जिङ लो तामाङ(बरिस्ठ उपाध्यक्ष)
    ६.साईली माया थिङ तामाङ(सन्जना) (महिला उपाध्यक्ष)
    ७.सोनम दोङ तामाङ(उपाध्यक्ष)
    ८.अमिर लोप्चन तामाङ(माहासचिव)
    ९.सुमन पाखृन तामाङ(सचिव)
    १०.सिन्दु थोकर तामाङ(सह-सचिव)
    ११.छेवाङ पाखृन तामाङ(कोष अध्यक्ष)
    १२.दिपक थिङ तामाङ(सह-कोष अध्यक्ष)
    १३.प्रविन मोक्तान तामाङ(अतीत)(स.सदस्य)
    १४.जिवन थोकर तामाङ(स.सदस्य)
    १५.नवीन लुङ्बा तामाङ(स.सदस्य)
    १६.टुल्कु वाईबा तामाङ(स.सदस्य)
    १७.रोहित मोक्तान तामाङ(स.सदस्य)
    १८.सरोज बोम्जन तामाङ(स.सदस्य)
    १९. दिनेश बल तामाङ(स.सदस्य)
    २०.रिक्देन पाखृन तामाङ(स.सदस्य)
    २१.रिक्देन पाखृन तामाङ(स.सदस्य)
    २२.मनिषा स्याङतान तामाङ(स.सदस्य)
    २३.राजु योन्जन तामाङ(स.सदस्य)
    २४.सानू माया स्याङतान(स.सदस्य)
    २५.मनिषा स्याङतान तामाङ(स.सदस्य)
    २६.पाल्साङ तितुङ तामाङ(स.सदस्य)
    २७.सरिल तितुङ तामाङ(स.सदस्य)
    २८.बिलाब गोले तामाङ(स.सदस्य)
    २९.देवान योन्जन तामाङ(स.सदस्य)
    ३०.सबिन योन्जन तामाङ(स.सदस्य)
    ३१.सुबास योन्जन तामाङ(स.सदस्य)
    ३२. सुमित स्याङतान तामाङ(स.सदस्य )
    ३३. सबिना लोप्चन तामाङ (स.सदस्य )
    ३४. सनिता थिङ तामाङ(स.सदस्य )
    ३५.ज्ञान् धोज बोम्जन तामाङ(स.सदस्य)
    ३६.छवि लाल बोम्जन तामाङ(स.सदस्य)

    संघको कार्यक्रम लाई सफल बनाउन मण्डला रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्ट निलाई ले प्रायोजन गरेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…