• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीज २०२० को नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का पक्की भएको छ ।
    ३ दिनपछिबाट हुने ४६ औँ राष्ट्रिय महाधिवेशनले दिने नयाँ नेतृत्वका लागि आइतवारबाट भएको उम्मेदवार प्रशिक्षण कार्यक्रमको सुरुवातसँगै अध्यक्षमा त्रिपक्षीय भिड्न्त हुने पक्का भएको हो ।
    जेसीजको बिधान अनुसार निर्वाचनमा जानु अघि उम्मेदवारहरुलाई प्रशिक्षण गराइन्छ । उक्त प्रशिक्षणमा सहभागिता जनाएमा मात्र निर्वाचन प्रक्रियामा जान पाइन्छ । यस अघि ४ जनाको मनोनय दर्ता भएको थियो ।
    अध्यक्षका लागि यतिबेला चुनावी मैदानमा अशोक शंखर, अरुणेश्वर खनाल र सिनेटर विकास मानन्धर रहनु भएको छ । यस अघि विनोद सुवेदीको पनि चर्चा थियो । तर, सुवेदी उम्मेदवार प्रशिक्षण कार्यक्रममा सहभागि नभएपछि उहाँको उम्मेदवारी रद्ध भएको छ ।
    अध्यक्षका लागि पथरी जेसीजका संस्थापक अध्यक्ष शंखर, बिसहजार जेसीजका पूर्व अध्यक्ष खनाल र काभ्रे जेसीजका पूर्व अध्यक्ष मानन्धरबिच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ । तिनैजना उम्मेदवार अनुभवी र लामो समय जेसीज अभियानमा काम गरेको अनुभव सम्हालेका छन् । शंकर पथरी जेसीजको स्थापनासँगै संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । नेपाल जेसीजमा राष्ट्रिय उपाध्यक्ष र २०१८ मा कार्यकारीणी उपाध्यक्ष भएर कुशल नेतृत्व गर्नु भएका फरक क्षमता भएका व्यक्तिका रुपमा जेसीज अभियानमा चिनिनु हुन्छ । २०१८ मा शंकरले क्षेत्र घ मा निरुपित भएर काम गरेका अहिले पनि चर्चा हुने गर्छ । उहाँ पेशाले कुशल व्यवसायीका रुपमा पूर्वमै चर्चित हुनुहुन्छ ।
    यसैगरी बिसहजार जेसीज पूर्व अध्यक्ष खनाल राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय महासचिव हुँदै २०१६ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका खनाल चितवन जिल्लामा शैक्षिक अभियानका एक सफल अभियान्त तथा बौद्धिक व्यक्त्विका रुपमा परिचित हुनुहुन्छ । उहाँले २०१६ मा एरिया ए को निरुपित भएर पूर्व क्षेत्र सम्हाल्नु भएको थियो ।
    यता काभ्रे जेसीजका पूर्व अध्यक्ष मानन्धर नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष तथा राष्ट्रिय अध्यक्ष सल्लाहकारमा रहेर काम गर्नु भएका अनुभवी व्यक्ति हुन् । २०१८ मा एरिया ए को निरुपित भएर आफ्नो भूमिका निर्वाह गर्नु भएका मानन्धरले सम्हालेको एरिया २०१८ मा ४ वटा एरियामा उत्कृष्ट एरियाको अवार्ड समेत प्राप्त गर्न सफल भएको थियो । थोरै बोल्ने तर बैचारिक विषयको बहस गर्न सक्ने क्षमता भएका मानन्धर प्रिन्टिङ व्यवसायी हुन् ।
    तिनै जना उम्मेदवारहरुले आ आफ्नै थिम्स र लक्ष्य लिएर देश दौडाहमा निस्किएका थिए । सोही अनुसार जेसीज अभियान्ताहरुलाई मत मागि रहेका छन् । शंखरले ‘फेमेली, फियूचर र फ्रेन्स’ लाई आफ्नो थिम बनाउनु भएको छ भने खनालले ‘राइज टु लिड’ र मानन्धरले ‘फेमेली, टिम र गोल’ लाई आफ्नो थिम बनाएर चुनावी मैदानमा होमिनु भएको छ । यसैगरी उहाँहरु तिनै जनाको आ आफनै वार्षिक कार्ययोजना सार्वजनिक गर्दै आउनु भएको छ ।
    तिनै जना उम्मेदवारहरुले आफ्नो पक्षमा जित हुने बताउँदै आएका छन ।
    अध्यक्षका प्रत्यासी शंखरले पूर्व मेचीदेखि पश्चिम कालीकोटसम्मका जेसीज साथीहरु आफ्नो पक्षमा रहेकाले जित निश्चित भएको बताउनु भयो । उहाँले अबको युवाहरु जेसीज अभियानमा परिवर्तनको खोजीमा रहेकाले आफु परिवर्तनको पक्षधर भएकाले मलाई सबैको साथ रहेको बताउनु भयो ।
    यता अर्का प्रत्यासी खनालले आफुले लामो समयदेखि काम गरेको अनुभवको आधारमा देशभरका साथीहरुको समर्थन आफुसँग भएको बताउनु भयो । जेसीज साथीहरुको भावना र कामको कदर गर्ने भएको र तिन कार्यकाल नेपाल जेसीजमा काम गरेको अनुभवले पनि म माथि साथीहरुको विश्वास रहेको बताउनु भयो । उहाँले आफु २÷३ मतले विजयी हुने बताउँदै आउनु भएको छ ।
    अर्का प्रत्यासी सिनेटर मानन्धरले आफु भाषणमा भन्दा पनि काममा विश्वास गर्ने भएकाले कामको मुल्याङ्कनको आधारमा साथीहरुको साथ आफुसँग रहेको बताउनु भयो । मेची महाकाली अभियानमा जाँदै गर्दा पाएको साथ र हौषलाले अझ उत्साहित बनाएर अघि बढ्ेकोले पनि साथीहरुको समर्थन आफुमा भएको बताउनु भयो । उहाँले आफ्नो जित निश्चित रहेको बताउनु भयो ।
    हरेक वर्ष हुने नेपाल जेसीजका महाधिवेशनको दुई महिना उम्मेदवारहरुको प्रचार प्रसारले निकै चर्चा पाउने गर्छ । सबै उम्मेदवारहरुले आ आफ्नो लभीको आधारमा ग्रुप बनाएर मैदानमा होमिने गरेका छन् ।
    चुनावको मिति नजिक्दिै जादा कसले जित्ने र कसले हार्ने भन्ने कुनै अडकलबाजी गर्न सक्ने अवस्था छैन । सबै उम्मेदवारहरु आ आफ्नै क्षेत्रबाट अब्बल रहेका छन् । एरिया ए का शंखरका लागि एरिया ए निकै बलियो क्षेत्र मानिन्छ । यस क्षेत्रमा ३९ वटा शाखा छन् । यता खनालका लागि एरिया बि मजबुत रहेको छ । जसमा ३३ वटा शाखा रहेका छन् । अर्का प्रत्यासी मानन्धर एरिया सि मा बलियो रुपमा प्रस्तुत हुनु भएको छ । जहाँ ३० वटा शाखा रहेका छन् । तिनै जना उम्मेदवारहरु आफ्नो एरियामा राम्रो पकड बनाएका छन् । एक अर्कामा ग्रुपको राजनिति नमिल्दा केही मत एक अर्कामा बाडिनु स्वभावै फरक पर्दैन । अब तिनै जनाको लागि निर्णायक मत भनेको एरिया डि हो । जुन नारायणगढदेखि पश्चिम सबै शाखा (आदी नेपाल ) पर्छ । जुन क्षेत्रमा ४८ वटा शाखा आबद्ध छन् । यतिबेला जो कोहीले पनि सहजै अनुमान गर्ने एउटा आधार भनेको यो क्षेत्रको मत जता धेरै भयो उसैको जितमा सहज हुने देखिन्छ । जुन क्षेत्रमा शंखरले निरुपित कार्यकारीणी उपाध्यक्ष भएर गर्नु भयो भने मानन्धरले निरुपित उपाध्यक्ष भएर काम गर्नु भएको छ । यता खनालले पनि लामो समयदेखि यस क्षेत्रमा आफ्नो पकड राख्दै आउनु भएको छ ।
    रत्ननगर जेसीजको आथित्यतामा हुने महाधिवेशनले दिने नयाँ नेतृत्वका लागि विभिन्न ग्रुप र लभी पनि आफ्नो उम्मेदवारहरुलाई जिताउन लागि परेका छन् । यता मतदातालाई भने कुन अध्यक्षलाई मत दिने भन्ने दोधारमा रहेको छ । किनभने नेपाल जेसीजले लामो लगानी गरेका तिनै जना अब्बल उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । एक वर्ष कार्यकालका लागि भएको यो चुनावले कसलाई थापाथलीको कुर्सीमा पुरयाउने हो त्यो त हेर्न १२ गतेसम्म पर्खनै पर्छ । तर, यति हो कुर्सीमा जो पुगे पनि नेपाल जेसीजले अब्बल र अनुभवी नेतृत्व पाउने कुरामा दुई मत छैन । एक अर्कामा आरोप प्रत्यारोप भन्दा पनि स्वच्छ प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएर, शासन व्यक्तिको होइन विधिको हुनु पर्छ भन्ने हाम्रो महान आस्थालाई चरितार्थ गर्नु हुन अनुरोध समेत गर्दछौँ ।
    साथै अन्य पदाधिकारीहरुको समेत क्रमश आउने जानकारी गराउँछौँ ।

    रातोकलम अनलाइन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…