• गीतकार/संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए। अन्ततः उनले ५४ वर्षकै उमेरमा यो धर्ती छाडे।
    संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ चर्चित गीत रहेका छन्।
    गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो। जस्मा उनका ७८ वटा गीतहरु समावेश गरिएको छ। संगीतकार सुक गुरुङको स्थायी ठेगाना दिव्यनगर ६ चितवन हो। पुर्ख्याैली थलो ठूलो काभ्रे लमजुङ हो। उनले नेपाली कथानक चलचित्र विमनाको गीत लेखन र संगीत भरेका थिए। उनकी श्रीमती जुनासहित दुई छोरा र एक बुहारी रहेका छन्।
    सुक गुरुङ उपचार सहयोग समितिका संयोजक जगन गुरुङका अनुसार देश विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीबाट ५५ लाख रकम संकलन गरेर उपचार गर्दा पनि उनलाई बचाउन सकिएन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…