• धुम्रपान र मध्यपान सेवन गर्नु भनेको स्वास्थ्यका दृश्टीले पनि राम्रो हुदैन । यसले कलेजो, मृगौला, मुटुको समस्याको साथसाथै विभिन्न अंगको क्यान्सर गराउन मुख्य भूमिका खेलीरहेको हुन्छ ।
    यी रोगका लागि औषधि सेवन गदै हुनुहुन्छ भने रकसी सेवन गर्दा विचार पुराउन जरुरी छ ।

    रक्सीले विभिन्न औषधीको मेटाबोलिजम (टुक्राउने र शरीरबाट हटाउने) को प्रक्रियामा असर गर्छ । त्यसैले त्यो औषधिको प्रभाव शरीरमा बढ्ने वा घट्ने गर्छ ।
    औषधिहरुसँगै रक्सी सेवन गर्नु हुदैन
    एन्टीवायोटिकः आँउ र झाडापखालामा प्रयोग गरिने मेट्रोनिडाजोल Metronidazole) संग रक्सी सेवन गर्नु हुदैन । यदि सेवन गरेमा वाकवाकी हुने, बान्ता हुने, टाउको दुख्ने,अनुहार रातो हुने, पसिना आउने लगायतका सहनै नसकिने लक्षणहरु देखा पर्न सक्छ । क्षयरोग विरुद्दको औषधि Rifampicin, isoniazid, मलेरिया विरुद्दको औषधिसँग पनि रक्सी सेवन गर्नुहुँदैन ।

    गत जम्न नदिने औषधिः वार्फेरिन (warfarin) संग पनि रक्सी सेवन गर्न हुँदैन । साथै एस्पिरिन (Aspirin) सेवन गरिरहेको बिरामीले पनि रक्सी पिउनु हुँदैन । यदि यी औषधिहरुसंगै रक्सी सेवन गरेमा भित्री अंगहरुमा रक्तस्राव हुन सक्छ जसले भयानक दुर्घटना निम्त्याउन सक्छ ।

    मुटु र उच्च रक्तचापको औषधिः मुटुका विरामी तथा उच्च रक्तचाप भएका विरामीहरुले रक्सी सेवन गर्नु आफै नै स्वास्थ्यको लागि हानिकारक हो । विरामीहरु जसले यी रोगका निम्ती Nitroglycerine, Hydralazine, Propanolol जस्ता औषधि सेवन गरिरहेका छन् उनीहरुले रक्सी सेवन गर्नु ठूलो गल्ती हुन् जान्छ । यसले रिंगटा लाग्ने, वेहोस हुने र ति औषधिहरुको प्रभाव घटाईदिने खालको समस्या निम्त्याउन सक्छन ।

    मधुमेहको औषधिः मधुमेयको विरामीहरुले पनि रक्सी सेवन गर्नु हानिकारक हुन्छ ।लगायतका अन्य सुगर कम गर्ने औषधि सेवन गर्दा रक्सी पिउनाले वाकवाकी लाग्ने, वान्ता हुने र रगतमा सुगरको मात्रा एक्कासी बढाउने गर्न सक्छ ।

    दुखाइ कम गर्ने औषधि : यदी कसैले दुखाइ कम गर्ने औषधिहरु जस्तै Opiates सेवन गरिरहेका छन् भने त्यस्तो स्थितिमा रक्सी सेवन गर्नाले यी दुईको प्रभावले निन्द्रा लगाउने र शरीरमा औषधिको मात्रा बढाउने गर्छ । साथै, सिटामोल (Acetaminophen) सेवन गरिरहेको समयमा पनि भने रक्सी सेवन गर्दा कलेजोको समस्या निम्त्याउन सक्छ ।

    मानसिक रोगका औषधि : दासिनता र मानसिक चिन्तामा प्रयोग गरिने Anti-depressants र Anti-anxiety औषधिहरु प्रयोग गर्ने बिरामीले पनि रक्सी सेवन गर्नु हुदैन । साथै Benzodiazepine
    समुहका औषधिहरु जस्तै Diazepam, Lorazepam आदि प्रयोग गर्ने विरामीले रक्सी सेवन गरेमा स्वासप्रस्वास र दिमागमा असर गर्न सक्छ ।

    छारे रोगका औषधिः छारे रोगको उपचारको निम्ति प्रयोग हुने औषधि जस्तै Phenytoin सेवन गर्दा रक्सी पिउनु हुदैन । यसले औषधिको नकारात्मक प्रभाव बढाईदिन्छ ।
    ग्यास्ट्राइटिस र अल्सर यी रोग भएका विरामीहरुले रक्सी सेवन गर्नु आफैमा हानिकारक हुन्छ । त्यसैले यसको औषधि खाइरहेका विरामीहरुले रक्सी सेवन गर्नु हुदैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…