• काठमाडौं, ७ पुस । नेपाली कांग्रेसमा एकता भएको खण्डमा विपक्षीहरुले कांग्रेसलाई कमजोर पार्न नसक्ने पछिल्लो उदाहरण हालै सम्पन्न उपचुनाव भएको अवस्थालाई कांग्रेसका नेताहरुले विर्सिएको आरोप लागेको छ ।

    कांग्रेसका नेताहरु आन्तरिक कलहमा अल्झिन थालेको मौका छोपी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभाको निर्वाचनलाई ध्यानमा राखी चौका हान्ने प्रयास गरेको छ । यस क्रममा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने भनी दुवै दलका बीचमा दुई बुँदे सहमति गराउन नेकपा सफल भएको छ ।

    प्रदेश नं.२ को राष्ट्रियसभामा रिक्त हुने चार स्थानका लागि दुई–दुई स्थानमा सहकार्य गरेर जाने भनी दुवै दलका बीचमा सहमति गराई नेकपाले कांग्रेसलाई जिल्लाउने कार्य गरेको छ । नेकपाले सरकारमा जानका लागि हतारिएर बसेका राजपाका अध्यक्ष मण्डलका हालका संयोजक राजेन्द्र महतोलाई विभिन्न आश्वासन दिएर उक्त सहमति गराउन सफल भएको स्रोतले दाबी गरेको छ ।

    उक्त प्रदेशमा हुने राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस, राजपा र समाजवादी पार्टी मिल्ने कुरा चर्चामा आइरहेको अवस्थामा हात लाग्यो शून्य हुने देखेको नेकपाले कांग्रेसका नेताहरु आन्तरिक कलहमा परेको मौका छोपी कांग्रेसले पाउने अवस्थाको दुई स्थान आफ्नो पक्षमा पार्ने नीति लिएको हो । नेकपा बाहेकको समीकरण बनेको अवस्थामा कांग्रेसले दुई र राजपा तथा समाजवादी पार्टीले एक एक स्थान हात पार्ने निश्चित अवस्था थियो ।

    प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा नेपालका संयोजक राजेन्द्र महतोका बीचमा भएको दुई बुँदे सहमतिमा राजपालाई प्रदेश नं. २ मा चार स्थानमध्ये पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा नेकपाले सहयोग गर्ने तथा महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो ।

    राजपासँग सहकार्य पुगेको नेकपाको स्वार्थी समूहका कारण सत्ताको सहयोगी दल समाजवादी पार्टी भने यस निर्णयका कारण आक्रोशित बन्न पुगेको छ । सरकारमा सहभागी आफ्नो दलको प्रदेश नंं.२ मा रहेको उपस्थितिलाई निस्तेज पार्नका लागि राजपा नेपालसँग सहकार्य गर्न पुगेको नेकपाको यो स्वार्थी चरित्र झनै उदांगो भएको भनी समाजवादी पार्टीका एक केन्द्रीय सदस्यले नाम नछाप्ने सर्तमा भने,‘हाम्रो पार्टीलाई एकदमै अपमानजनक व्यहार पटक पटक हुँदै आएको छ, त्यसैले हाम्रो नेतृत्वले यो कुरा बुझेर सत्तालिप्सा त्यागेको खण्डमा राम्रो हुनेछ ।’

    त्यसो त समाजवादी पार्टीलाई नेकपा तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारबाट निकाल्न नसके पनि निस्किदिए हुन्थ्यो भन्ने अवस्था सिर्जना गर्दै आएको भनी विगतका घटनाक्रमले देखाएका छन् । नयाँ विमर्शका साथमा । 

    काठमाडौं, ७ पुस । नेपाली कांग्रेसमा एकता भएको खण्डमा विपक्षीहरुले कांग्रेसलाई कमजोर पार्न नसक्ने पछिल्लो उदाहरण हालै सम्पन्न उपचुनाव भएको अवस्थालाई कांग्रेसका नेताहरुले विर्सिएको आरोप लागेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…