• काठमाडौं । काठमाडौंमा भाडाको बसको ठक्करबाट २१ वर्षीया सृष्टि पन्तको ज्यान गएपछि आक्रोशित विद्यार्थीले बसमा आगो लगाइदिएका छन् ।

    सुकेधारामा पन्तलाई सोमबार बिहान करीव पौने छ भने बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते पन्तको मृ,त्यु भएपछि आक्रोशित विद्यार्थीले प्रदर्शन समेत गरेका छन् ।

    भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।

    बसको ठक्करबाट गम्भीर घा,इते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मृ.त्यु भएको थियो ।

    गोरखा घर भएकी पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताएका छन् ।

    पन्त पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययनरत थिइन् ।

    पन्तको मृ,त्युपछि पशुपति क्याम्पसका विद्यार्थीले चाबहिल मित्रपार्क क्षेत्रमा प्रदर्शन गरेका छन् ।

    सहपाठीको मृ,त्युपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं–भक्तपुर रुटमै चल्ने बा ४ ख ७१०४ नम्बरको अर्काे बसमा आगजनी गरेका छन् ।

    आगलागीबाट बस पूर्ण रूपमा नष्ट भएको छ । आगोको लप्काले एक घरमा पनि सामान्य क्षति पुगेको छ ।

    आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

    विद्यार्थीको प्रदर्शनपछि अहिले यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…