• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीज २०२० को नेतृत्वका लागि हुन गइरहेको आशन्न निर्वाचनमा कार्यकारीणी पद र राष्ट्रिय उपाध्यक्षमा पनि उत्तिकै प्रतिस्पर्धा हुने भएको छ ।
    ११ गते हुने नेपाल जेसीजको नयाँ नेतृत्वका निर्वाचनका लागि १६ पदमा ३२ जनाको उम्मेदवारी रहेको छ । जसमा ४ जना कार्यकारीणी उपाध्यक्ष पदमा ११ जना र १२ जना राष्ट्रिय उपाध्यक्ष पदका लागि २० जनाको उम्मेदवारी परेको छ । सबै उम्मेदवारहरुबिच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । सबै पदका उम्मेदवारहरु अब्बल र जेसीज अभियानमा अनुभवी रहेका छन् ।
    राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार ३ जना भएकाले धेरै उम्मेदवारहरु दोहोरो समूहमा पर्न सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । चुनावी अभियानमा आ आफ्नो ग्रुप बनाएर टिम तयार गरिन्छ । हरेक राष्ट्रिय अध्यक्षको टिममा सिंगो पदाधिकारी तयार गरिन्छ । यसरी सरसर्ती हेर्दा ३ जना अध्यक्षका प्रत्यासीले आफ्नो टिममा समावेश गर्दै गर्दा धेरै जसो उम्मेदवारको दोहोरो नामवली आउने देखिन्छ ।
    कार्यकारीणी उपाध्यक्ष पदमा त्रिभूवननगर जेसीजका पूर्व निवर्तमान अध्यक्ष लालमणी भण्डारी, भकुण्डेबेसी जेसीजकी निवर्तमान अध्यक्ष रुकमणी सिग्देल, बालाजु जेसीजका संस्थापक अध्यक्ष श्रीराम पौडेल, बुधवारे जेसीजका पूर्व अध्यक्ष अतुल प्रसाई, बुटवल जेसीजका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ, हेटौडा जेसीजका पूर्व अध्यक्ष अरुणकुमार दाहाल, हेटौडा लेडी जेसीजकी पूर्व अध्यक्ष शोभा खरेल, नवलपुर जेसीजका पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल (केपी), गैडाकोट जेसीजका निवर्तमान अध्यक्ष गोकुल सापकोटा र पाटन लेडीकी पूर्व अध्यक्ष सुम्रिता शर्मा चुनवाी मैदानमा हुनुहुन्छ । ४ जनाको कार्यकारीणी पदमा परेका उम्मेदवारहरुबिच राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । यस अघि नारायणगढ जेसीजका निवर्तमान अध्यक्ष अर्जुन अधिकारीको समेत मनोनयन दर्ता भए पनि उम्मेदवारी प्रशिक्षण कार्यक्रममा सहभागि नभएपछि उहाँको उम्मेदवारी रद्ध भएको छ ।
    एरियागत हिसाबले हेर्ने हो भने एरिया ए बाट एक्लो उम्मेदवारका रुपमा अत्युल प्रसाई रहनु भएको छ भने एरिया बि बाट सिनेटर अरुणकुमार दाहाल, शोभा खरेल, एरिया सि बाट सिनेटर रुकमणी सिग्देल, सुमृता शर्मा र श्रीराम पौडेल तथा एरिया डि बाट सिनेटर राजेन्द्र घिमिरे, लालमणी भण्डारी, कृष्णप्रसाद अर्याल, सिनेटर विजय गुरुङ रहनु भएको छ ।
    यसैगरी, १२ जना उपाध्यक्ष पदका लागि २१ जनाको उम्मेदवारी परेको छ । जस उपाध्यक्षमा सैनामैना जेसीजबाट बिमल ज्ञवाली, झुम्का जेसीजबाट पुष्प कार्की, धनकुटा सिटी जेसीजबाट सुरेश कार्की, गितानगर जेसीजबाट कृष्ण सापकोटा, दुहवी जेसीजबाट कञ्चन झा, बालकोट जेसीजबाट रमा प्याकुरेल, लम्की जेसीजबाट रामबहादुर बोगटी, मलङ्वा जेसीजबाट अनवर हुसेन, टिकापुर जेसीजबाट गणेश साउद, बौनिया जेसीजबाट धिरज शाही, सिदार्थ जेसीजबाट राकेश गुरुङ, उदयपुर जेसीजबाट सन्तोष गुप्ता, हेटौडा जेसीजबाट सन्देश डिसी, सौराह जेसीजबाट शिवप्रसाद भुषाल, रामेछाप जेसीजबाट राजकुमार खत्री, लाल्दुमनगरकोट जेसीजबाट मञ्जु शाह ठकुरी, विरता जेसीजबाट बिशाल थापा, रत्ननगर जेसीजबाट विश्वास श्रेष्ठ, भलबारी जेसीजबाट गोबिन्द पंगेनी, शुक्लागण्डकी जेसीजबाट मनिष श्रेष्ठ, शारदानगर जेसीजबाट सन्तोष घिमिरे बिच प्रतिस्पर्धा हुने देखिएको छ । लेटाङ जेसीजबाट मनिष सूर्य मगर, र टङ्कीसिनवारी जेसीजबाट प्रदिप प्रसाद बराल निर्वाचनमा नजाने पक्का भएको छ ।
    यसैगरी उपाध्यक्षका उम्मेदवारहरुमा एरिया ए बाट ६ जना, एरिया बि बाट ६ जना, एरिया सि बाट ३ जना, तथा एरिया डि बाट ६ जना रहनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…