• रतुवामाई।

    मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । फाइनल प्रवेश गरेका आफ्ना १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले मिस रतुवामाई २०१९ को उपाधि हात पारेकि हुन्।

    यो सगै उनि पहिलोपटक आयोजना भएको मिस रतुवामाईको पहिलो ताजधारी बनेकी छन्।उनलाई मिस उर्लाबरी 2018 कि विजेता रूसानी केसीले ताज लगाईदिएकि थिइन भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गर्नुभएको थियो।

    उपाधिसँगै श्रेष्ठले नगद रु पचास हजार , आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन्। त्यस्तै पहिलो रनर अप रेश्मा श्रेष्ठ भइन। उनले नगद रू तिस हजार प्राप्त गरेकी छिन्। त्यस्तै प्रतियोगितामा दोस्रो रनर अप भएकी रेसु कालिकोटेले रू विष हजार प्राप्त गरिन्।

    प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो। मिस अनुशासित रेसु कालिकोटे , मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ , मिस क्याटवाल्क दुर्गा बस्नेत , मिस ट्यालेन्ट सुनिता थापा , मिस प्रसनालिटी निश्मा श्रेष्ठले यि विधा जितेका थिए।
    विभिन्न स्थानवाट आएका जर्जहरूको निष्पक्ष मुल्याङ्कनबाट विजेता घोषणा गरिएको थियो। नविन लुइटेल, डा. सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको फाइनलमा जर्जहरू हुनुहुन्थ्यो।

    सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुलमा रतुवामाई नगरपालिकाका मेयर उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू र सयौ दर्शकहरूका माझ आज सम्पन्न भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…