• बेलबारी । मोरङको बेलबारीका २ सय ५० बढी स्थानीयहरु सँग ब्याजको प्रलोभन देखाएर ९ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरी फरार बेलबारीका घनश्याम श्रेष्ठ सुनसरीको ईटहरीबाट पक्राउ परेका छन ।

    बेलबारीका ऊँ कृष्ण सुनचाँदी पसल र हार्डबयर पसल सञ्चालन गर्दै आएका उनले ब्याजको प्रलोभन देखाएर स्थानीयको करोडौँ रकम ठगेका थिए । केही महिना अघि नै फरार भएका श्रेष्ठलाई पक्राउ गर्न र रकम फिर्ता गर्न स्थानीयले माग गरेपछि बेलबारी नगरपालिकाको संयोजनमा पिडित र श्रेष्ठकी श्रीमती तारादेबी श्रेष्ठ बिच मंसिर मसान्त सम्म रकम तिर्ने सहमति भएको थियो ।

    मंसिर मसान्तमा समेत रकम फिर्ता नभएपछि पिडितहरुले श्रेष्ठको घरमा ४ दिन धर्ना दिनुका साथै श्रेष्ठ परिवारका बिरुद्ध प्रर्दशन गर्ेका थिए । स्थिति जटिल बन्दै गएपछि बेलबारी प्रहरीले सोमबार घनश्यामकी श्रीमती तारादेबीलाई नियन्त्रणमा लिएको थियो ।

    स्थानीयले घनश्याम नआएसम्म तारादेबीलाई घरमै बन्धक बनाउने भन्दै प्रर्दशन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । श्रेष्ठ पिडितहरुले मातृका पराजुलीको संयोजकतवमा पिडित संघर्ष समिति समेत गठन गरेका छन ।

    मंगलबार ईटहरीबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन । श्रेष्ठ अनुसन्धानमा रहेको र पिडितहरुले न्याय पाउनुपर्ने भन्दै उनले न्याय मर्न नदिने बताएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…